• २०८१ बैशाख १८ मंगलबार

बाबुरामको टिप्पणी- कम्युनिज्म र राष्ट्रवादको खोलमा ठगिदै छ

kharibot

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओले भने झैँ बादशाहलाई घोडाबाट खसाल्ने साहस नगरेसम्म जनता पूर्ण मुक्त नहुने टिप्पणी गरेका छन् ।

सामाजिक संजालमा टिप्पणी गर्दै बाबुरामले  ‘लाल वादशाह’ हरूको नयाँ चटकको मन्चन फेरि शुरू भएको उल्लेख गर्दै कम्युनिज्म र राष्ट्रवादको खोलमा ठगीका पुलिन्दाले बेरोजगार युवाहरुलाई अझै झुलाउने चेतावनी दिएका हुन् ।

उनले भनेका छन्- 

‘लाल वादशाह’ हरूको नयाँ चटकको मन्चन फेरि शुरू भएको छ । यिनका ‘कम्युनिज्म’ ‘राष्ट्रवाद’ आदि खोलमा बेचिने/बाडिने ठगीका पुलिन्दाहरूहरूले युगौंदेखि राणा/शाह राजा/महाराजाहरूद्वारा ठगिदै आएका सामान्यजन र वेरोजगार युवाहरूलाई अझै केही समय झुलाउन सक्छ । तर माओले भने झैं ‘बादशाहलाई घोडाबाट खसाल्ने साहस’ नगरेसम्म जनता पूर्ण मुक्त हुने छैनन् ! सबैले अब आँखा खोलौं !!

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै