• २०८१ जेठ ६ आइतबार

योगेश भट्टराईको अपिल – भ्रमण बर्षको लोगो राखेर प्रचारमा सहयोग गरौँ  

kharibot

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण वर्ष मनाउने अभियानमा सहभागी हुन आम जनता तथा निजी क्षेत्रलाई आग्रह गरेका छन् ।

भ्रमण वर्ष अभियान सफल बनाउन सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्न आह्वान गर्दै मन्त्री भट्टराईले आफूले प्रयोग गर्ने निजी तथा संघ–संस्थाको वेवसाइट, फेसबुक, ट्वीटर, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा भ्रमण वर्षको लोगो राखेर सहयोग गर्न आग्रह गरेका हुन् ।

सार्वजनिक तथा निजी क्षेत्रका संगठित संघसंस्थाबाट पनि उत्साहजनक सहभागिताको अपेक्षा गरेको मन्त्री भट्टराईद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाईंदैछ ।

 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै