• २०८१ बैशाख १६ आइतबार

गृह जिल्लामा योगेश भट्टराईलाई कालो झन्डा

kharibot

ताप्लेजुङ । ताप्लेजुङमा नेकपा एमाले सचिव योगेशकुमार भट्टराईलाई कालो झन्डा देखाइएको छ । आफ्नै निवासअगाडि एमाले सचिव भट्टराईलाई पहिचानवादी समूहका नेता–कार्यकर्ताले कालो झन्डा देखाएका हुन् । 

एमालेले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गृहजिल्ला आएका भट्टराईलाई कालो झन्डा देखाउँदै उनीहरु नाराबाजीसमेत गरे । 

पहिचान पक्षधरले कोशी प्रदेश नामको खारेजी हुनुपर्ने, साथै किराँत राज्य हुनुपर्नेलगायतका माग गर्दै नाराबाजी गरेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै