नयाँ दिल्ली । भारतीय काँग्रेसका सांसद तथा पुर्व विदेश राज्यमन्त्री शशी थरुरलाई कोलकोताको एक अदालतले गिरफ्तारको आदेश दिएको छ ।
गत बर्ष थरुरले दिएको एक बयानका कारण अदालतले उनलाई गिरफ्तारको आदेश दिएको हो ।
गतबर्ष थरुरले दिएको 'हिन्दु-पाकिस्तान' निर्माण सम्बन्धि एक बयान बारे अदालतले मंगलबार गिरफ्तारको वारेन्ट जारी गरेको हो ।
थरुरले गत बर्ष भारतीय जनता पार्टीले २०१९को लोकसभा निर्वाचनमा जितेमा हिन्दु-पाकिस्तानको निर्माण हुने अवस्थाको सिर्जना हुने बताएका थिए ।
तिरुवन्तपुरममा आयोजित एक कार्यक्रममा थरुरले बिजेपीले एक नयाँ संबिधान लेख्ने जो पाकिस्तानको जस्तै राष्ट्रको मार्गमा हिड्ने र अल्पसंख्यकको कुनै अधिकार नहुने टिप्पणी गरेका थिए ।
कोलकोताको मेट्रोपोलिटन अदालतले वकिल सुमित चौधरीले दायर गरेको मुद्धामा फैसला गर्दै गिरफ्तारको आदेश दिएको बताइएको छ ।