प्रशिक्षकलाई थापाको निर्देशन, 'पार्टी बारेको भ्रम र एजेन्डा बारेको अफबाह चिरौ'

खरीबोट

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कार्यकर्ताहरुको मनोबल उच्च राख्न देशभर सघन रूपमा  प्रशिक्षण संचालन गर्न केन्द्रिय प्रशिक्षकहरुलाई निर्देशन दिएका छन् ।

केन्द्रिय प्रशिक्षक र पदाधिकारीहरुको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै थापाले अहिले मुलुकको अबस्था विषम परिस्थितिबाट गुज्रिरहेकोले तरल अबस्था बारे कार्यकर्तालाई जगाउनु र सचेत गराउनु आबश्यक भएको बिचार व्यक्त गरे ।

पार्टीबारे भ्रम छरिएको छ, एजेन्डा बारे अफबाह छन्, यी सबैलाई चिर्ने जिम्मा तपाईहरुको हो - थापाले प्रशिक्षकहरुलाई भने ।

तपाईहरुको काधमा ठुलो जिम्मेवारी छ, त्यो इमान्दारीपुर्बक निर्बाह गर्न आग्रह गर्दै थापाले देश दौडाहामा जाँदा पार्टीका पदाधिकारी र प्रशिक्षकहरुलाई दृढ भएर प्रस्तुत हुन जोड दिए । तपाईहरु अध्यनशिल हुनोस्, चिन्तन र बिष्लेषण गर्ने गर्नोस्, बहस गर्ने बानी बसाल्नुस भन्दै थापाले भने - राप्रपाले बोकेको उन्नत बिचारलाई आत्मबिश्वासी भई कार्यकर्ता र जनतामा राख्नोस ।

थापाले राप्रपा परिबर्तन बिरोधी शक्ति नभएको स्पष्ट पारे । राप्रपा राष्ट्रबादी शक्ति हो, प्रजातन्त्रबादि शक्ति हो भन्दै थापाले निरन्तरता सहितको परिबर्तन मात्र टिकाउ हुने बिचार ब्यक्त गरे ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता दिपक बोहरा, महामन्त्रीद्वय राजेन्द्र लिङ्देन र भाष्कर भद्रा, प्रशिक्षण बिभाग प्रमुख भुवन पाठक लगायतको उपस्थिति थियो । 

भाद्र महिनामा ७७ जिल्लामा र असोज महिनामा ७५३ स्थानिय तहमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने योजना रहेको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
 

सम्बन्धित समाचार

राप्रपा अध्यक्ष थापा र क्याटनरबिच भेटबार्ता 

वाशिंगटन । वाशिंगटन डिसीमा आज राप्रपा अध्यक्ष कमल थापा र अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनका महासचिव क्रिस्टिन क्याटनरबीच शिष्टाचार भेट भएको छ । भेटमा राप्रपा र आईडियु को सम्बन्ध सुदृढ तुल्याउने वारे छलफल

राप्रपा अध्यक्ष थापा अमेरिकाको विभिन्न कार्यक्रम र भेटघाटमा

काठमाडौँ । आजदेखि वाशिंगटन डिसीमा अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनको अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । क्यानाडाका पुर्व प्रधानमन्त्री तथा आईडियुका अध्यक्ष स्टेफेन हार्परले सम्मेलनको उदघाटन गरेका थिए । सम्मेलनमा विश्वका ५५

ओली सरकार असफल : राप्रपा संयुक्त अध्यक्ष जबरा

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले सरकार राजनीतिक रुपमा सफल भएपनि कामको कुरामा असफल भएको भनेका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार असफल भएको बताएका छन्। उनले भने,

भारतीय अतिक्रमणको विरोधमा राप्रपाका जनवर्गीय संगठनहरुको प्रदर्शन 

काठमाडौं । भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका नेपाली भूमी फिर्ता गर्न माग गर्दै राप्रपा सम्बद्ध जनवर्गीय संगठनहरुले आज राजधानीमा प्रदर्शन गरेका छन् ।  बबरमहलबाट विरोध र्याली गर्दै माइतिघर मण्डलामा पुगेर


z