काठमाडौँ । चर्चित हास्यकलाकार शिवहरी पौडेलले निर्देशनमा डेब्यू गर्न लागेको फिल्म ‘लक्का जवान’ को शुभ मुहूर्त गरिएको छ ।
सोमबार ललितपुरको बंगलामुखी मन्दिरमा फिल्मको स्क्रिप्ट, क्यामेरा र क्ल्याप पूजा गरियो । फिल्मको बुधबारबाट छायांकन सुरु हुनेछ ।
सामाजिक कथावस्तुलाई कमेडी शैलीमा प्रस्तुत गरिने बताइएको फिल्मको प्रस्तुतकर्तामा ध्रुव पन्त छन् । किरण केसी, दीलिप रायमाझी र शिवहरी पौडेल कार्यकारी निर्मातामा रहेको फिल्ममा अनसुया श्रेष्ठ वन्त निर्मात्रीमा छिन् । सह-निर्मातामा राजाराम पौडेल, दीपेन्द्र खनिया, सुरेन्द्र केसी, सुशील अर्याल, डेजी अर्याल र राज केसी रहेका छन् ।
फिल्ममा निर्देशक पौडेल स्वयंको प्रमुख भूमिका रहनेछ । उनीसँगै किरण केसी, दीलिप रायमाझी, प्रियंका कार्की, वर्षा सिवाकोटी, सलोन बस्नेत, राजाराम पौडेल, सुरेन्द्र केसी, सरोज खनाललगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । कविराज गहतराजको कोरियोग्राफी रहने फिल्मका गीतमा बाबुल गिरीले संगीत भरेका छन् ।
चैत ७ गतेबाट प्रदर्शनमा आउने फिल्मको काभ्रेमा ७० र काठमाडौंमा ३० प्रतिशत छायांकन हुनेछ ।