काश्मिर विवादबीच पाकिस्तानद्वारा सैन्य प्रमुखको कार्यकाल थप

खरीबोट

इस्लामावाद । भारतीय संविधानमा काश्मिरबारे विशेष व्यवस्था भएको धारा ३७० लाई खारेज गरेपछि भारत–पाकिस्तानबीच राजनीतिक विवाद चलिरहेका समय पाकिस्तानी सैन्य प्रमुखको कार्यकाल आगामी तीन बर्षका लागि थप गरिएको पाकिस्तानी अधिकारीले सोमबार बताएका छन् । 

भारतले काश्मिरलाई केन्द्र सरकार मातहत राख्ने निर्णय र अमेरिकी प्रशासनले शान्ति सम्झौता गरी अफगानिस्तानबाट अमेरिकी सेनालाई फिर्ता लान खोजिरहेका समय पाकिस्तानले आफ्ना सैन्य प्रमुख जनरल कमार जाभेद बाजवाको पदावधि तीन बर्षका लागि थप्ने निर्णय गरेको हो ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको कार्यालयद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “जनरल कमार जाभेद बाजवा आगामी आगामी तीन बर्षका पुनः सेना प्रमुखका रूपमा रहनेगरी नियुक्त गरिएको छ । निर्णय क्षेत्रीय सुरक्षा वातावरणलाई मध्यनजर गर्दै लिइएको छ ।”

पदावधि थपबारे पाकिस्तानी सैनिक प्रवक्ताले पनि पुष्टि गरेका छन् यसलाई राष्ट्रिय सुरक्षाका दृष्टिले अत्यावश्यक निर्णयका रूपमा पाकिस्तानले उल्लेख गरेको छ ।
 

सम्बन्धित समाचार

पाकिस्तानको कप्तानमा शरफराजको निरन्तरता, आजम बने उपकप्तान 

काठमाडौँ । पकिस्तान क्रिकेट बोर्डले विश्वकपमा खराब प्रदर्शनका बाबजुद शरफराज अहमदलाई कप्तान कायम राहेको छ । श्रीलंकाविरुद्धको एकदिवसीय तथा टी-२० सिरिजका लागि शरफराजलाई कप्तान घोषणा गरेको हो । त्यस्तै बोर्डले पाकिस्तानका

अन्डर १९ एशिया कप : पाकिस्तानको सान्त्वना जित 

काठमाडौँ । अन्डर १९ एशिया कपमा पाकिस्तानले सान्त्वना जित हासिल गरेको छ । समुह ए अन्तर्गतको समुह चरणको अन्तिम खेलमा आज कुवेतलाई १६३ रनले पराजित गर्दै प्रतियोगिताको अन्तिम खेलमा पहिलो जित

अन्डर-१९ एशिया कप : अफगानिस्तानसँग पाकिस्तानको लज्जास्पद हार  

काठमाडौँ । श्रीलंकामा आयोजना हुने अन्डर-१९ एशिया कप क्रिकेट प्रतियोगितामा अफगानिस्तानले विजयी शुरुवात गरेको छ । पहिलो दिन सम्पन्न खेलमा अफगानिस्तानले पाकिस्तानमाथि शानदार जित हासिल गरेको छ । बर्षाले प्रभावित हुदा ४६

मिस्बाहलाई पाकिस्तानी क्रिकेटको मुख्य कोच र छनौटकर्ताको जिम्मेवारी

काठमाडौं । पाकिस्तान राष्ट्रिय क्रिकेट टिमको मुख्य कोचमा पुर्व कप्तान मिस्बाह उलहक नियुक्त भएका छन् । मिस्बाहलाई बोर्डले तीन बर्षका लागि मुख्य कोचमा नियुक्त गरेको जानकारी दिएको छ । मिस्बाहलाई प्रमुख


z