अस्ट्रेलियाली चर्च यौनकाण्ड : कार्डिनल जर्ज पेल दोषी ठहर

खरीबोट

अस्ट्रेलिया । अस्ट्रेलियाली एक पुनरावेदन अदालतले बुधबार कार्डिनल जर्ज पेलमाथिको बालयौन दुराचारको सजायलाई पुनः सदर गरेको छ । अदालतको उक्त आदेशपछि अदालत परिसरबाहिर भेला भएका पीडित र उनीहरुका समर्थकले खुशी व्यक्त गरेका थिए ।

गत वर्ष डिसेम्बरमा तल्लो अदालतको सर्वसम्मत निर्णयका आधारमा कार्डिनल जर्ज दोषी ठहर गरिएका थिए । क्याथोलिक धर्मगुरु पोप फ्रान्सिसका पूर्व अर्थमन्त्री समेत रहेका कार्डिनल जर्जले दुई दशकअघि मेलबोर्नस्थित सेन्ट प्याट्रिक क्याथेड्रलमा रहँदा दुई जना १३ वर्षीय बालकमाथि यौन शोषण गरेको पुष्टि भएको थियो । 

भिक्टोरिया पुनरावेदन अदालतका न्यायाधीशको २–१ को निर्णयबाट कार्डिनल जर्जले गरेको पुनरावेदन अस्वीकार गरेको हो । पेलका कानुन व्यवसायीले अब अदालतको आदेशका बारेमा अध्ययन गरी उच्च अदालतमा पुनरावेदन गर्ने बताएका छन् ।

कार्डिनल जर्जका प्रवक्ता काट्रिना लीले अदालतको आदेशबाट कार्डिनल जर्ज निःसन्देह दुःखी भएको बताए । 

भ्याटिकनले पनि कार्डिनल जर्जको बालयौन शोषणका बारेमा अलग्गै अनुसन्धान गरिरहेको छ । कार्डिनल जर्जले भने आफू निर्दोष रहेको बताउँदै आएका छन् ।

अस्ट्रेलियाली क्याथोलिक बिसप सम्मेलनले पनि कानुनका दृष्टिबाट सबै अस्ट्रेलियाली नागरिक समान रहेको बताउँदै अदालतको आदेशलाई स्वीकार गर्ने जनाएको छ । 

मेलबोर्नका मुख्य पादरी पिटर कोमेन्सोलीले एक विज्ञप्ति प्रकाशन गरी आफूले अदालतको आदेशलाई स्वीकार गर्ने र अरुलाई पनि त्यस्तै गर्न आग्रह गरेका छन् । 

गत मार्चमा ७८ वर्षीय कार्डिनल जर्जलाई छ वर्षको कारावासको सजाय दिइएको थियो । उनी अब पोप फ्रान्सिसको कार्डिनल परिषद् वा भ्याटिकनको अधिकारीका रुपमा रहन पाउने छैनन् । 

अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले पनि अदालतको आदेशलगत्तै जर्जलाई यसअघि अस्ट्रेलिया सरकारले प्रदान गरेको सर्वोच्च पदक “अर्डर अफ अस्ट्रेलिया” को पदक खोस्ने बताएका छन् । 

क्याथोलिक गिर्जाघरहरुमा विश्वभर नै यौन शोषणका खबर आएसँगै पोप फ्रान्सिसमाथि गिर्जाघरहरुको सुधारका बारेमा चर्को दबाब आएको छ ।

सम्बन्धित समाचार

टेस्ट जित्न अस्ट्रेलियालाई ३९९ रनको लक्ष्य

काठमाडौँ । जारी एशेज सिरिज अन्तर्गत इङल्याण्डले अस्ट्रेलियालाई ३९९ रनको लक्ष्य दिएको छ । आफ्नो दोस्रो इनिंगमा इङल्याण्ड ३२९ रनमा अलआउट भएपछि पहिलो इनिंगमा ६९ रनको बढतसहित इङल्याण्डले ३९८ रनको अग्रता

आर्चरको घातक बलिङ अगाडी टिकेन अस्ट्रेलिया

काठमाडौं । जारी पाँचौ एशेजमा घरेलु टिम इङल्याण्डले दोस्रो दिन उत्कृष्ट प्रदर्शन गरेको छ ।   पहिलो इनिंगमा २९४ रन बनाएर अल आउट भएको इङल्याण्डले उत्कृष्ट बलिङ गर्दै यस टेस्टमा शानदार

पाँचौ एशेजका लागि इङल्याण्ड र अस्ट्रेलियाका प्लेइङ एघार घोषणा

काठमाडौँ । जारी एशेज सिरिजको अन्तिम तथा पाँचौ टेस्टका लागि इङल्याण्ड र अस्ट्रेलियाले प्लेइङ एघार घोषणा गरेका छन् । इङल्याण्डले आफ्नो टिममा दुई परिवर्तन गरेको छ । किया ओवलमा विहिबारदेखि शुरु हुने टेस्टमा घरेलु

चौथो एशेजमा अस्ट्रेलिया विजयी, सिरिजमा २-१ ले अगाडी

काठमाडौं । अष्टेलियाले जारी एशेजको चौथो टेस्ट जितेर सिरिजमा २-१ को बढत बनाएको छ । ३८३ रनको लक्ष्य पछाएको घरेलु टोलि इङल्याण्ड टेस्टको अन्तिम दिन १९७ रन बनाएर अल आउट भएपछि


z