• २०८१ जेठ ८ मंगलबार

सहकारीले राष्ट्रिय आम्दानीमा योगदान दिनुपर्छ : मन्त्री अर्याल

kharibot

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारी संस्थाहरू राष्ट्रिय आम्दानीमा योगदान दिने गरी अगाडि बढ्नुपर्ने बताउकी छन् ।  

नेपाल साना किसान कृषि सहकारी सङ्घ केन्द्रीय समितिले आयोजना गरेको नेपालमा सहकारीको आगामी पुस्ताका लागि ढाँचाको तयारीसम्बन्धी कार्यशाला गोष्ठीमा मन्त्री अर्यालले किसानको घरदैलोमा पुग्न साना किसान कृषि सहकारीहरुलाई आग्रह पनि गरिन् । 

उनले भनिन्, “राष्ट्रिय आम्दानीमा ठूलो योगदान दिने गरी अगाडि बढ्नुस् । मानिसको जीवन बदल्ने अभियानको अभियन्ता सहकारी हो भन्ने कुरा व्यवहारबाट पुष्टि गर्ने गरी अगाडि बढ्नुस् ।”

अब परम्परागत खेती प्रणाली फेरेर मुलुक प्रगतिको दिशामा अगाडि बढ्नुपर्ने भन्दै उनले जमीन बाँझो राखेर समृद्ध हुन नसकिने बताइन् । “भूमि साधन पनि हो, स्रोत पनि हो । पूँजीको महत्वपूर्ण स्रोत नेपालको सन्दर्भमा भूमि हो । अब भूमिको व्यवस्थापन उपयोगका आधारमा गर्नुपर्छ”, मन्त्री अर्यालले भनिन् ।  

भूमि व्यवस्थापन उपयोगका आधारमा हुने भन्दै उनले व्यावसायिक बन्नका निम्ती ऐन, कानूनले पनि प्रबन्ध गरेको बताइन् ।  अब उत्पादनमूलक कार्यलाई जोड दिएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । “भएको जमीनको प्रयोगबाट कति परिवारका कति सदस्यलाई रोजगारी दिन सकिन्छ । त्यो योजनाका साथ हामी अगाडि बढौँ”, मन्त्री अर्यालले भनिन् । पछिल्लो समय नेपालले तरकारीमा प्रगति गरिरहेको  बताउँदै मन्त्री अर्यालले फलफूलको सन्दर्भमा भने नेपाली बजार भारतीय फलफूलले ढाकेको अवस्था रहेको बताइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै