काठमाडौं – सरकारले १५ सचिवको सरुवा गरेको छ ।
सरकारले भदौ १, २ र ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार एकैपल्ट सार्वजनिक गर्दै १५ सचिवको सरुवा भएको जानकारी दिएको हो । सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले भदौ १, २ र ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय एकसाथ सार्वजनिक गर्दै सचिवहरूको सरुवा भएको जानकारी गराएका हुन् ।
कुन सचिवको कहाँ सरुवा ?
१ माधव बेल्बासे– खानेपानी तथा सरसफाइ मन्त्रालय
२ केदारबहादुर अधिकारी– संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय
३ मोहनकृष्ण सापकोटा– सार्वजनिक खरिद अनुगमनको कार्यालय
४ महेश दाहाल– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
५ डा. सञ्जय शर्मा– शिक्षा मन्त्रालय (विज्ञान प्रविधि हेर्ने)
६ खगराज बराल– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
७ गोपीनाथ मैनाली– महालेखा नियन्त्रकको कार्यालय
८ विनोद केसी– श्रम तथा रोजगार मन्त्रालय
९ महेन्द्र गुरागाईं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
१० बैकुण्ठ अर्याल– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
११ रामप्रसाद थपलिया– युवा तथा खेलकुद मन्त्रालय
१२ तीर्थराज ढकाल– प्रधानमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालय
१३ आनन्दराज ढकाल– लोकसेवा आयोगको कार्यालय
१४ सूर्य गौतम– भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय
१५ डा. हरि पौडेल– राष्ट्रपतिको कार्यालय
त्यस्तै निजामती प्रशासन सेवाभित्रको सामान्य प्रशासन समूहका वरिष्ठ सहसचिवद्वय तोयम राय र तोयनारायण ज्ञवालीलाई कामु सचिवमा बढुवा गरिएको छ । रायलाई ३ र ज्ञवालीलाई ५ नम्बर प्रदेशको कामु प्रमुख सचिवमा पदस्थापन गरिएको छ ।