अधिकारका लागि दलित समुदाय एकीकृत हुनुपर्छ : डा. बाबुराम भट्टराई

खरीबोट

काठमाडौँ । समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि दलित समुदायले एकीकृतरुपमा सङ्घर्ष गर्नुपर्नेमा जोड दिएका छन् ।

सङ्घीय समाजवादी शिल्पी महासङ्घ र दलित शक्ति नेपालबीच समायोजन भई निर्मित समाजवादी दलित मुक्त महासङ्घको घोषणा सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले संविधानमा दलित समुदायको हक सुनिश्चित गरिए पनि  अधिकार गुम्ने खतरा बढ्दै गएकाले त्यसको रक्षा गर्दै थप अधिकारका लागि एकीकृत रुपमा सङ्घर्ष गर्नुपर्नेमा जोड दिए । 

“सदियौँदेखि आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा पछाडि पारिएको दलित सुमदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछूतको समस्यालाई शिक्षा र चेतनामार्फत अन्त्य गर्नुपर्छ”, उनले भने, “समावेशी र समानुपातिक सिद्धान्तलाई व्यावहारिकरुपमै कार्यान्वयन गर्न राज्यले नै पहल गर्नुपर्छ” पार्टीका केन्द्रीय कार्य समिति अध्यक्ष तथा उपप्रधान मन्त्री  उपेन्द्र यादवले दलित समुदायको मुख्य समस्या गरीबी भएकाले त्यसका लागि राज्यका तर्फबाट  एकपटक ती समुदायलाई भूमि उपलब्ध गराउन  पहल गरिने प्रतिबद्धता व्यक्त गरे ।

उक्त घोषणासभाले खिमबहादुर विश्वकर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ सो समितिको उपाध्यक्षमा मीनबहादुर परियार, चमेलीदेवी दास, सुनिता मरिक, सोमबहादुर नेपाली र लाल विश्वकर्मा रहेका छन् । महासचिवमा रणबहादुर रम्तेल, उपमहासचिवमा शान्त घतानी (प्रदीप) र भद्रमान मोतेलाई चयन भएका छन् भने सचिवमा सुनिल विश्वकर्मा, डिवी नेपाली, चन्द्र विश्वकर्मा, अर्जुनराम, होमबहादुर नेपाली, इन्दिरा खाती छानिएका छन् ।

यसैगरी कोषाध्यक्षमा चन्चला पराजुली र सहकोध्यक्षमा भक्तबहादुर दर्नाललाई चयन गरिएको छ । नवनिर्वाचित अध्यक्ष विश्वकर्माले आफ्नो सङ्गठन सधैँभरि दलित समुदायको अधिकारको लागि सङ्घर्षरत रहने प्रतिबद्धता व्यक्त गरे ।
 

सम्बन्धित समाचार

बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदन : कम्युनिष्ट आन्दोलन ‘कुहिरोको काग जस्तो’ 

काठमाडौं । सत्तारुढ समाजवादी पार्टीको प्रथम संघीय परिषद् बैठक सुरु भएको छ । समाजवादीको संघीय बैठक आज बिहीबार १२ बजे प्रज्ञा भवनमा सुरु भएको हो । तत्कालीन नयाँ शक्ति र संघीय

डा. बाबुराम भट्टराईले भने – सरकारको इजार फुस्कियो

काठमाडौं । सत्तारुढ दल समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले भारतीय नयाँ नक्शाका बारेमा निकालेको विज्ञप्तीको बारेमा खरो टिप्पणी गरेका छन् । डा. भट्टराईले विज्ञप्तिमा

चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको अन्तर्राष्ट्रिय स्तरमा साख बढाएको छ : डा. भट्टराई

गोरखा । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले देशको अन्तर्राष्ट्रिय स्तरमा साख बढाउन मद्दत पुर्याएको बताएका छन् । समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका उनले गोरखा सदरमुकाममा बिहिबार

बाबुरामको प्रश्न - कमरेडहरू सामाजिक फासिवादतिर उन्मुख भएकै हुन् ?

काठमाडौं । सत्तारुढ दल समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ज्ञानेन्द्र शाहीमाथि हिजो (शनिबार) चितवनमा भएको आक्रमणलाई लिएर सत्तारुढ दल नेकपाका नेता तथा कार्यकर्ताहरुलाई


z