बाजुरा अस्पतालमा सुत्केरीको मृत्यु, लापरवाहीले ज्यान गएको मृतकको आरोप 

खरीबोट

मार्तडी । जिल्ला अस्पताल बाजुरामा अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु भएको छ । बडीमालिका नगरपालिका–७ जिल्लीकी २१ वर्षीया वसन्ती नेपालीको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । 

नेपालीले बच्चा जन्माउन नसक्ने भएपछि चिकित्सकद्वय दुर्गा महर्जन र टिकाराम राईले भ्याकुम प्रयोग गर्दा सुत्केरीको पाठेघरबाट अत्यधिक रगत बगेपछि उनको मृत्यु भएको जिल्ला अस्पतालका निमित्त प्रमुख डा रोहित गिरीले बताए । दुई जना चिकित्सक उपचारमा खटिएको र बचाउने प्रयास गर्दा गर्दै रक्तश्राव बढी भएका कारण ज्यान गएको उनको भनाइ छ । 

लापरवाहीले ज्यान गयोः मृतकका आफन्त 

चिकित्सकको लापरवाहीका कारण वसन्तीको मृत्यु भएको उनका आफन्तले आरोप लगाएका छन् । उपचारमा बेवास्ता गरेका कारण ज्यान गएको वसन्तीका आफन्त प्रकाशबहादुर नेपालीको आरोप छ । 

“चिकित्सकलाई पटक पटक खबर गर्दा पनि चासो देखाएनन्”, उनले भने । उनका श्रीमान् रोजगारीका सिलसिलामा कुबेतमा छन् । घरमा तीन वर्षीय छोरा छन् ।

सम्बन्धित समाचार

अभावमै अस्पतालको सेवा राम्रो

बाँके । जनशक्ति निकै कम छ भने बिरामीको चाप बढ्दो । भौतिक पूर्वाधार अभावमा भएका उपकरण थन्किएका छन् । सहयोग तथा अनुदानका उपकरण राख्ने स्थान अभाव हुँदा सञ्चालनमै समस्या छ

डाक्टर ड्युटीमा नबसेको भन्दै अस्पतालमा तोडफोड

राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आज बिरामीका आफन्तले तोडफोड गरेका छन् । समयमा डाक्टर ड्युटीमा नबसेको भन्दै उनीहरुले अस्पतालमा तोडफोड गरेका हुन् ।  अर्थोपेडिक विभाग हाडजोर्नी तथा नशा रोगसम्बन्धी

डडेल्धुरा अस्पतालमा चिकित्सकको अभाव

अमरगढी । गत बुधबार अमरगढी नगरपालिका–६ भजनेउटामा रहेको कुटीमा बस्दै आएका एक साधुको शङ्कास्पद अवस्थामा शव फेला पर्यो । मृतक गिरीको हत्या भएको आशङ्का गरियो । आशङ्का गरिएकाले पनि थप अनुसन्धान

स्वास फेर्न गार्हो भएपछि महरा नर्भिक अस्पतालमा 

काठमाडौं । प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन् । संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा महरा प्रहरी हिरासतमा रहेका छन्


z