• २०८१ बैशाख १४ शुक्रबार

फेसबुकले ल्याउँदै छ मेसेजिङ एप थ्रेड्स, लोकेसन र ब्याट्री लाइफ सेयर गर्न सकिने 

kharibot

अमेरिका । अमेरिकी प्रविधि कम्पनी फेसबुकले एक मेसेजिङ एप ल्याउँदै छ जसको माध्यमले प्रयोगकर्ताले आफ्नो नजिकका साथीसँग धेरै जानकारी सेयर गर्न सक्छन् । यो एपको नाम थ्रेड्स राखिएको छ । यसलाई इन्स्टाग्रामको सिस्टम एपको रुपमा प्रस्तुत गरिने द भर्सको प्रतिवेदनमा उल्लेख छ । 

इन्स्टाग्रामका प्रयोगकर्ताले थ्रेड्सको सहायताले आफ्नो क्लोज फ्रेन्ड लिस्टमा भएका व्यक्तिलाई आफ्नो लोकेशन, स्पीड र ब्याट्रीलाइफ सेयर गर्न इन्भाइट गर्न सक्छन् । साथै इन्स्टाग्रामको क्रिएटिभ टुल्सको माध्यमले टेक्स्ट, फोटो र भिडियो जस्ता पोस्ट पनि सेयर गर्न सकिनेछ । 

हालसम्म इन्स्टाग्राममा भएका फोटो भिडियो डाइरेक्ट सेयर अथवा डाउनलोड गर्न नसकिने अवस्थामा यो एक सहज माध्यम बन्ने बताइएको छ । 

यो एपको प्रयोग केवल इन्स्टाग्रामका क्लोज फ्रेन्डसँग मात्रै गर्न सकिन्छ । हाल फेसबुकले यसको परीक्षण गरिरहेको छ । यो कहिले सार्वजनिक हुन्छ भन्ने बारे केही पनि बताइएको छैन । फेसबुकले यस एपको बारेमा हाल कुनै पनि टिप्पणी गर्न अस्वीकार गरेको छ । 

गत जनवरीमा फेसबुकले ह्वाट्सएप, मेसेन्जर र इन्स्टाग्रामलाई मर्ज गर्ने योजना बनाइएको बताएको थियो । यो एपको माध्यमले प्रयोगकर्ताले एक एपबाट अर्को एपमा सजिलै स्विच गर्न सकिने अनुमान छ । त्यसैले नै यसको नाम थ्रेड्स (धागो) राखिएको हुन सक्ने अनुमान छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै