• २०८१ बैशाख १४ शुक्रबार

विवाहपछि यौनका विभिन्न चरण 

kharibot

काठमाडौं । मानिसले जीवनमा धेरै किसिमका अनौठा चरण पार गर्नुपर्छ । यौन जीवन पनि यसबाट अछुतो छैन । यसका पनि विभिन्न अनौठा चरण हुन्छन् । जोडी बनेको सुरुवाती समयमा एकअर्कासँग मानिस एक क्षण पनि छुट्टिन चाहँदैनन् । छुट्टिएको अवस्थामा पनि आफूले आफ्नो जोडीसँग बिताएका क्षण,  स्नेह याद आइरहन्छन् । 

केही समयपछि अवस्था यस्तो आउँछ, मानिसलाई यौनको बारेमा सोच्नु फुर्सद समेत नहुन सक्छ । यसरी मानिसले जीवनका विभिन्न चरण पार गर्दा आफूलाई सम्हाल्न नसक्दा यसले जीवनमा दुर्घटना पनि निम्त्याउन सक्छ । त्यसैले यसबाट उत्रिन मानिसले यौन जीवनका पनि चरणहरुलाई राम्ररी बुझेर त्यस अवस्थालाई सम्हाल्ने कोसिस गर्नुपर्छ । 

यौनको स्वर्ण समय  

हनि (मह) भन्ने शब्दले नै यो समय निकै रोमाञ्चक हुने संकेत गर्छ । यस बेला साथीभाइ, आफन्त, परिवार अथवा अन्य कुनै पनि तनाव हुँदैन । दुवै दम्पतीले यस समयलाई जीवनभर यादगार बनाउने कोसिस गर्छन् । त्यसैले यो समयलाई यौन जीवनको स्वर्ण समय पनि भनिन्छ । 

गर्भाधानका लागि यौन 

विवाहको करीब १, २ वर्षपछि दम्पतीले परिवार बढाउने सोच बनाउँछन् । यस बेला पत्नीको उर्वर समयलाई ध्यानमा राखेर यौन सम्पर्क राखिन्छ । यस बेला गर्भधारणमा कुनै समस्या नहोस् भनेर ध्यान दिने गरिन्छ । साथै, जोडीले यस बेला गर्भधारणका लागि सहज होस् भनी विभिन्न यौन आसन पनि अपनाउन सक्छन् । 

दोस्रो त्रैमासमा सुरक्षित यौन 

केही दम्पतीले गर्भधारणपछि यौन पूर्णतया बन्द गर्छन् भने केहीले निरन्तर राख्ने जोखिम पनि उठाउँछन् । तर, गर्भधारणपछि पहिलो त्रैमास र तेस्रो त्रैमासलाई जोखिमपूर्ण मानिन्छ भने दोस्रो त्रैमासलाई केही सुरक्षित मानिन्छ । यदि गर्भमा कुनै समस्या नदेखिए यस बेला गर्भलाई असर नपर्ने गरी केही विशेष आसनको प्रयोग गरेर यौन सम्पर्क राख्न सकिन्छ । 

यौनरहित चरण 

शिशु जन्मेपछि दम्पती प्यारेन्टिङमा लाग्छन् । यस बेला शिशुको स्याहारसम्भारपछि जेजति समय बच्छ, त्यो बेला दम्पती आराम गर्न र निदाउन नै कोसिस गर्छन् । यस बेला शिशुलाई स्याहार्नेबाहेक निकै कम समयमात्रै बच्छ । यो बेला यौनको इच्छा अधिकांशमा करीब नष्ट नै हुन्छ । 

शान्त यौन 

शिशु केही ठूलो उसलाई नउठाई दम्पतीले शान्त यौन सम्पर्क राख्ने कोसिस गर्छन् । उनीहरुले बच्चालाई उठाएर जोखिम मोल्न चाहँदैनन् । 

यसरी मानिसले दाम्पत्य जीवनलाई अँगालिसकेपछि यौनका यी चरण पार गर्नुपर्ने हुन्छ । यी चरण पार गर्ने क्रममा यौनमा अनिच्छा पैदा हुन सक्छ भने स्वास्थ्यको पनि त्यतिकै ख्याल राख्नुपर्ने हुन्छ ।

यी यावत् समस्याका कारण मानिस तनावमा जान सक्ने र दाम्पत्य जीवन नै दुर्घटित बन्न सक्ने भएकाले यसलाई दुवै दम्पतीले एकअर्कालाई बुझेर सोही अनुरूप योजना बनाउनुपर्छ । यसरी यौन जीवन सुरक्षित र आनन्दमय बन्न सक्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै