ओलीकै नेतृत्वमा पाँच वर्ष सरकार सञ्चालन हुन्छ : वरिष्ठ नेता खनाल

खरीबोट

भद्रपुर । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्षसम्म सरकार सञ्चालन हुने बताएका छन् । 

झापाको चन्द्रगढीमा आज प्रेस सङ्गठन झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “मन्त्रिमण्डल हेरफेर हुनसक्ने अवस्था आए पनि प्रधानमन्त्री ओलीकै नेतृत्वमा पाँच वर्ष सरकार सञ्चालन हुन्छ ।”  

वरिष्ठ नेता खनालले पार्टी एकीकरणको विषयले एक वर्षसम्म पार्टीका काममा केही गतिरोध आए पनि एकताका प्रक्रिया केन्द्रदेखि गाउँ–टोलसम्म नै टुङ्गिसकेकाले सबै तहका कमिटीहरु अब पूर्णरुपमा चलायमान हुने बताउँदै मुलुकको विकास र समृद्धिका लागि अब तीनै तहका सरकारलाई गतिशील बनाउनुपर्ने बताए । 

वर्तमान सरकारले संविधान कार्यान्वयन, सङ्घीय शासकीयस्वरुपअन्तर्गतका ऐन–कानून निर्माण र लागू गर्ने सन्दर्भमा उल्लेख्य काम गरेको उल्लेख गर्दै उनले सरकारले ल्याएका केही विधेयक विवादस्पद देखिएकाले ती विधेयकका विषयमा छलफल गरेर अघि बढ्नुपर्ने बताए । 

नेता खनाल आजदेखि भद्रपुर जेसिजको आतिथ्यमा भद्रपुरमा हुनलागेको नेपाल जेसिजको क्षेत्र ‘क’ सम्मेलनको उद्घाटनका लागि झापा आएका हुन् । 
 

सम्बन्धित समाचार

वामदेव गौतमद्वारा कास्कीबाट चुनाव नलड्ने घोषणा

काठमाडौँ । सत्तारुढ दल नेकपाका नेता वामदेव गौतमले मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्कीबाट चुनाव नलड्ने घोषणा गरेका छन् । बामदेवले उक्त निर्वाचन क्षेत्रबाट पराजित हुने सम्भावना धेरै भएकाले चुनावमा उम्मेदवार

नेकपाका ६ महानगरका अध्यक्ष र सचिवको मनोनयन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले छ वटा महानगरपालिकामा पार्टीको अध्यक्ष र सचिवको मनोनय गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले काठमाडौँ महानगरपालिकाको अध्यक्षमा निर्मल देउला र

जनताको आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुन्छ : सुबास नेम्बाङ

पशुपतिनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेपाली जनताको आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुने बताएका छन् । चार वर्षअघि जारी गरिएको संविधानमा संशोधन नहुने भनेर

नेकपा सांसदहरुलाई ओली-प्रचण्डको निर्देशन : सरकारले काम गरेको छ भनेर बोल्नुहोस्

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक सम्पन्न भएको छ । शुक्रबार अपरान्ह बसेको बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुलाई सम्बोधन गरेका थिए


z