काठमाडौँ । श्रीलंकामा आयोजना भइरहेको अन्डर-१९ एशिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल बंगलादेशसँग पराजित हुदै एशिया कपबाट बाहिरिएको छ ।
नेपालले दिएको २६२ रनको लक्ष्य बंगलादेशले ४९.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यो सँगै नेपाल ६ विकेटले पराजित भएको छ ।
बंगलादेशका लागि अकबर अलीले अविजित ९८ रन बनाएका थिए । त्यस्तै तोव्हिड हृदोयले ६० रन बनाए भने महमुदुल हसनले ४० रन बनाएका थिए । त्यस्तै शमिम होसैनले अविजित ४२ रन बनाएका थिए ।
नेपालका लागि बलर कमल सिंह ऐरीले २ विकेट लिएका थिए भने राशिद खान र हरिबहादुर चौहानले एक एक विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउदै २६१ रन बनाएको थियो ।
पवन सराफले १११ बल खेल्दै ८१ रनको पारी खेलेका थिए भने सन्दीप जोराले आक्रामक अर्धशतक बनाएका थिए । सन्दीपले ३३ बलमा आफ्नो अर्धशतक पुरा गरेका थिए । सन्दीपले ३७ बलमा ५६ रन बनाएर आउट हुदा ३ चौका र ३ छक्का प्रहार गरेका थिए ।
त्यस्तै नेपालका लागि रित गौतमले ३२ रन बनाए भने कुशल मल्लले आक्रामक खेल्दै ३२ बलमा २८ रन बनाएर आउट भएका थिए । त्यस्तै आसिफ सेख ३ रन बनाएर आउट भएका थिए ।
त्यसै गरि राशिद खानले ६ रन बनाए बहने कमल सिंह ऐरीले अविजित ९ रन बनाए ।
त्यस्तै भीम सार्की २१ रन बनाएर आउट भए भने कप्तान रोहित पौडेल १४ रन बनाएर आउट भएका थिए । त्यस्तै आरिफ सेख ३ रन बनाएर आउट भएका थिए ।
बंगलादेशका बलर तान्जिम हसन र शाहिन अलोमले २-२ विकेट लिए भने मोहमद मृत्युन्जय, राकिबल हसन, मिन्हुजुर रहमान र तव्हिद हृदोयले एक एक विकेट लिएका थिए ।
यो हारसँगै नेपाल एशिया कपको सेमिफाइनलमा पुग्न असफल भएको छ । नेपालले पहिलो खेलमा घरेलु टिम श्रीलंकासँग पराजित भएको थियो । नेपालले अब अन्तिम खेल युएईसँग आगामी मंगलबार खेल्ने छ । आफ्ना दुवै खेलमा विजयी भएर बंगलादेश समुह बि बाट सेमिफाइनलमा पुगेको छ ।