• २०८१ बैशाख २० बिहीबार

नेपालको किर्गिस्तानमाथि फराकिलो जित, सावित्रा भण्डारीको चार गोल

kharibot

काठमाडौं । नेपालले नदेज्दा कप महिला फुटबलमा आयोजक किर्गिस्तानलाई फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

आज भएको खेलमा किर्गिस्तानलाई नेपालले ८-२ गोलको फराकिलो अन्तरले पराजित गरेको हो । नेपालले पहिलो हाफमा ६ गोल गरेको थियो भने दुई गोल खाएको थियो । त्यस्तै दोस्रो हाफमा दुई गोल थपेर ८-२ को जित निकाल्न सफल भएको थियो ।

नेपालका लागि सावित्रा भण्डारीले चार गोल गरिन् भने अनिता बस्नेतले दुई, कप्तान निरु थापा र दिपा राईले १-१ गोल गरेका थिए ।

प्रतियोगितामा किर्गिर्स्तानसँगै नेपाल, उब्जेकिस्तान र ताजिकिस्तान छन् । यो प्रतियोगितालाई नेपालले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तयारीको रुपमा लिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै