• २०८१ बैशाख १५ शनिबार

बेलायतको ब्रेक्जिट प्रक्रियालाई पछि सार्न फ्रान्स अनिच्छुक

kharibot

पेरिस । यूरापेली यूनियन (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रक्रियालाई थप ढिलाई गर्न नहुने फ्रान्सले बताएको छ । 

आइतबार फ्रान्सका विदेशमन्त्री जाँ–येभेस ले ड्रेनले बे्रक्जिट प्रक्रियालाई थप पछि धकेलेमा यसबाट इयू र बेलायत दुबैको अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने भन्दै ब्रेक्जिट ढिलाईको प्रसङ्गलाई स्वीकार गर्नु नहुने बताए ।  

बेलायतमा ब्रेक्जिट पक्षधर मानिएको सत्तासिन कन्जरभेटिभ पार्टीका सांसदहरूमा विभाजन देखिएपछि यसलाई केही पछि धकेल्न प्रधानमन्त्रीमन्त्रीकै दलका केही नेताले इयूसम्बद्ध अधिकारीहरूसँग अनौपचारिक कुराकानीको प्रयासहरू भएका बताइएको छ ।

यूरोपको एक समाचारसंस्था सी न्यूजको एक कार्यक्रममा कुराकानी गर्दै ड्रेनले भने, “यहि परिस्थितिमा, यो सम्भव छैन । हामीले हरेक तीन महिनामा यस प्रकारका पूर्वघोषित निर्णयलाई सच्चाउनु हुँदैन ।” 

बेलायती प्रधानमन्त्री बोरिस जोनसनको उत्तरी आयरल्याण्डका लागि ‘व्याकस्टप’ संयन्त्र बनाउने प्रयास नै मुख्य शर्त भएको भन्दै वैकल्पिक व्यवस्थापनका लागि बेलायतले अग्रसरता देखाउनुपर्ने उनले बताए । तर हामीले बेलायत त्यसो गरिरहेको देखेका छैनौँ र ब्रेक्जिटको ढिलाई सम्भव छैन ।

“यसबारे आयरल्याण्डका जनतालाई उनीहरूले के चाहन्छन् भनेर सोधौँ । उनीहरूले के चाहन्छन हामीलाई भन्नुपर्छ ।” 

बेलायतले सन् २०१९ को मार्च २९सम्ममा बहिर्गमन प्रक्रिया टुङ्ग्याउने इयूसँग गरेको बाचा बेलायती संसदले पूर्व प्रधानमन्त्री टरिजा मेले गरेको सम्झौतालाई अनुमोदन नगरेपछि दुई पटकसम्म सर्दै यही अक्टोबर ३१ का लागि तय भएको छ । 

प्रधानमन्त्री जोन्सनले अघि सार्नुभएका ब्रेक्जिटसम्बन्धी प्रस्तावहरुलाई बेलायती संसद्ले अस्वीकृत गरेपछि प्रधानमन्त्रीले सम्झौताविहीन अवस्थामा भएपनि ब्रेक्जिट प्रक्रिया नलम्ब्याउने भनी गरेको तयारी अन्यौलमा परेको छ । बेलायती संसद् हाउस अफ कमन्समा दुई दिनभित्र भएका तीनवटा मतदान प्रधानमन्त्री जोन्सनको विपक्षमा गएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय