• २०८१ बैशाख १४ शुक्रबार

अफगानिस्तानलाई पराजित गर्दै भारत समुह ए मा पहिलो

kharibot

काठमाडौँ । अन्डर १९ एशिया कप अन्तर्गत समुह ए मा भारत पहिलो हुदै सेमिफाइनल पुगेको छ ।

आज भएको समुह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई ३ विकेटले पराजित गर्दै भारतले समुह चरणका तिनै खेल जितेर पहिलो हुदै सेमिफाइनलमा पुगेको हो ।

अफगानिस्तानले दिएको १२५ रनक ओलक्ष्य पछाएको भारतले ३८.४ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तान ४०.१ ओभरमा अल आउट हुदै १२४ रन बनाएको थियो ।

समुह ए बाट अफगानिस्तान आज पराजित भएपनि ३ खेलमा २ खेल जितेर दोस्रो हुदै सेमिफाइनलमा पुगेको छ ।

यस समुहमा रहेका पाकिस्तान र कुवेत यस अघि नै बाहिरीइसकेका छन् ।

त्यस्तै समुह बि बाट घरेलु टिम श्रीलंका र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् भने पहिलो र दोस्रो हुने टिमको टुंगो मंगलबार यी दुवै टिमबीच हुने खेलले लगाउने छ । मंगलबारको अन्तिम लिग खेलमा जित्ने टिम अफगानिस्तानसँग सेमिफाइनलमा खेल्ने छ भने पराजित हुने टिमले सेमिफाइनलमा भारतको सामना गर्ने छ ।

त्यस्तै आफ्ना शुरुका दुवै खेलमा हार बेहोरेर सेमिफाइनलमा पुग्न असफल भएको नेपालले आफ्नो अन्तिम खेल युएईविरुद्ध मंगलबार नै खेल्दै छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै