काठमाडौं । अन्डर १९ एशिया कप अन्तर्गत नेपालले यूएईलाई २८६ रनको लक्ष्य दिएको छ ।
श्रीलंकामा जारी अन्डर १९ एशिया कप अन्तर्गत मारियन्स क्रिकेट ग्राउण्डमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८५ रन बनाएको छ ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ६७ रन बनाएका थिए । उनले तेस्रो विकेटका लागि आशिफ शेखसँग ७१ र चौथो विकेटका लागि सन्दीप जोरासँग ८५ रनको साझेदारी गरेका थिए ।
त्यस्तै आशिफ सेखले ४५ र सन्दीप जोराले ४८ रनको महत्वपूर्ण पारी खेलेका थिए । दुवै ओपनर शुन्यमा गुमाएको नेपालका लागि भीम सार्की मात्र एक रनमा आउट भए । त्यस्तै कुशल मल्लले २२ रन बनाए भने आठौं विकेटका लागि रासिद खान र कमल सिंह ऐरीले ७० रनको उत्कृष्ट साझेदारी गरेका थिए ।
राशिद ४४ रन बनाएर आउट भए भने आक्रामक पारी खेलेका कलमसिंहले २५ बलमा ४१ रन बनाए । त्यस्तै सागर ढकाल २ रनमा नटआउट रहे ।
त्यस्तै युएईका बलर अक्शा ताहिर, संचित शर्माले ३-३ विकेट लिए भने कार्तिक पलानियाप्पाले २ तथा रिशव मुखर्जीले एक विकेट लिए ।