नेकपा सचिवालय बैठक : उपनिर्वाचनसम्बन्धी काम गर्ने जिम्मेवारी महासचिव पौडेललाई

खरीबोट

फाइल तस्बीर

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले आउँदो मङ्सिरमा हुन लागेको उपनिर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा गर्न महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकले तीनै तहको रिक्त उपनिर्वाचनका निम्ति पुनः दल दर्ता गर्नुपर्ने संवैधानिक र कानूनी व्यवस्थाअनुसार दल दर्ता गर्ने निर्णय गरेको र त्यसको जिम्मेवारी महासचिव पौडेललाई दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

उनले पार्टी एकताका विषयमा भने आजको बैठकमा छलफल नभएकाले आगामी बैठकमा छलफल हुने जानकारी दिए । बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रवक्ता श्रेष्ठले भने, “दल दर्तासम्बन्धी सबै प्रक्रिया पूरा गरेर टुङ्ग्याउन महासचिव पौडेललाई जिम्मेवारी दिइएको छ, अरु साङ्गठनिक एकीकरणसँग सम्बन्धित विषयका बारेमा छिटै अर्काे बैठक आयोजना गरेर निर्णय लिइने छ ।”

सरकारले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेको ५० पदमा आगामी मङ्सिर १४ गते उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ । सोही उपनिर्वाचनको प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगले दल दर्ता गर्न भदौ मसान्तसम्मको समयसीमा तोकेको छ ।

आयोगका अनुसार मङ्सिर १४ मा प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, नगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र वडा अध्यक्ष ४१ गरी ३६ जिल्लामा ५० पदमा उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनको तयारीका कामहरु जारी रहेको आयोगले जनाएको छ । 
 

सम्बन्धित समाचार

वामदेव गौतमद्वारा कास्कीबाट चुनाव नलड्ने घोषणा

काठमाडौँ । सत्तारुढ दल नेकपाका नेता वामदेव गौतमले मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्कीबाट चुनाव नलड्ने घोषणा गरेका छन् । बामदेवले उक्त निर्वाचन क्षेत्रबाट पराजित हुने सम्भावना धेरै भएकाले चुनावमा उम्मेदवार

नेकपाका ६ महानगरका अध्यक्ष र सचिवको मनोनयन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले छ वटा महानगरपालिकामा पार्टीको अध्यक्ष र सचिवको मनोनय गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले काठमाडौँ महानगरपालिकाको अध्यक्षमा निर्मल देउला र

जनताको आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुन्छ : सुबास नेम्बाङ

पशुपतिनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेपाली जनताको आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुने बताएका छन् । चार वर्षअघि जारी गरिएको संविधानमा संशोधन नहुने भनेर

नेकपा सांसदहरुलाई ओली-प्रचण्डको निर्देशन : सरकारले काम गरेको छ भनेर बोल्नुहोस्

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक सम्पन्न भएको छ । शुक्रबार अपरान्ह बसेको बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुलाई सम्बोधन गरेका थिए


z