टिभिएसको दशैं दौड हुदै, निःशुल्क भाग लिन सकिने

खरीबोट

काठमाडौँ । नेपालको सबैभन्दा ठूलो पर्व बडादशैंको अवसर पारेर नेपालको लागि टिभिएस टू–ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले आरम्भ गरेको उपभोक्ता प्रवद्र्धन योजना “टिभिएस दशैंको दौड” ले सबैलाई दौडमा निःशुल्क भाग लिने अवसर दिएको छ ।

टिभिएस शोरुममा नगइकनै वा टिभिएस बाइक नकिनेर पनि सहभागी बन्न पाइने गजबको अफर रहेको यस योजनाको एक महत्वपूर्ण पक्ष रमाइलो म्याराथन दौड हो ।

देशका विभिन्न भागहरुमा यसप्रकारको म्याराथन दौड संचालन गर्ने लक्ष्य बोकेको जगदम्बा मोटर्सले यही भाद्र २८ गते शनिबार काठमाडौंमा पहिलो पटक यो “टिभिएस दशैंको दौड” अन्तर्गतको म्याराथन दौडको आयोजना गर्ने भएको छ । 

उक्त दिन विहान ७ बजेदेखि शुरु हुने यो रमाइलो दौडको विषयमा प्रकाश पार्दै कम्पनीका उपाध्यक्ष दीपक अग्रवालले भने,“दशैंको चहलपहलले हामीलाई छोइसकेको छ । यो रमाइलो चहलपहललाई अझ रमाइलो बनाउन हामीले हाम्रा ग्राहकहरु समक्ष ल्याएको “टिभिएस दशैंको दौड” प्रति उपभोक्ताहरुले जुन उत्साहजनक रुची दर्शाउनु भएको छ, त्यसबाट हामी अत्यन्त प्रभावित भएका छौं । यसै योजना मातहतको एक रमाइलो दौडलाई हामीले स्वास्थ्यका लागि रमाइलो दौड भन्ने नाराका साथ आयोजना गर्न गैरहेका छौं । हामीलाई विश्वास छ आफ्नो स्वास्थ्यप्रति सजग महानुभावहरुले यो दौडमा सहभागीता जनाउनु भई बडा दशैंको स्वागतमा रमाउनु हुनेछ ।”

रमाइलो दौड नक्साल बाल मन्दिरबाट शुरु भई सिटी सेन्टर, कमलादी, पुतलीसडक, भृकुटी मण्डप, भद्रकाली, माइतीघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, दरबारमार्ग, नागपोखरी हुँदै टिभिएस शोरुम नक्सालमा पुगी समापन हुनेछ ।

सबै उमेर सबै समुहका व्यक्तिहरुले भाग लिन सक्ने यो खुला रमाइलो दौडमा सहभागी हुने सबैजनालाई स्योर सट छुट स्वरुप रु.१,०००/- प्रदान गरिनेछ भनें विजेताहरु मध्ये प्रथम हुनेलाई रु.५०,०००/- त्यस्तै द्वितीय स्थानमा आउनेलाई रु.२५,०००/- र तृतीय स्थानमा रहनेलाई रु.१५,०००/- नगद पुरस्कार प्रदान गरिनेछ ।

काठमाडौंमा आयोजना गरिन लागेको रमाइलो दौडमा सहभागी बन्न चाहनेले नक्साल, कुमारीपाटी र टेकूमा रहेको टिभिएस शोरुमहरुमा आफै गई वा https://tvsmotors.com.np/dashain मा गई अनलाइन मार्फत् वा दौड शुरु हुने दिन नक्साल बाल मन्दिरमै विहान ६ बजे उपस्थित भएर पनि आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।

अतः स्वास्थ्यका लागि टिभिएस रमाइलो दौडमा सहभागी हुनु हुन सबैमा हार्दिक अनुरोध पनि गरिन्छ ।
 
 

सम्बन्धित समाचार

टिभिएसको स्वास्थ्यको लागि रमाइलो दौड सम्पन्न

काठमाडौं । नेपालको लागि टिभिएस टू–ह्वीलर्सको एकमात्रआधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले आफ्नो उपभोक्ता प्रवद्र्धन योजनाटिभिएस दशैंको दौड कै एक हिस्सा स्वरुप आयोजना गरेको मनोरन्जक एवं छोटो दूरीको दौड “टिभिएस स्वास्थ्यको

टिभिएसको दशैं दौड हुदै, निःशुल्क भाग लिन सकिने

काठमाडौँ । नेपालको सबैभन्दा ठूलो पर्व बडादशैंको अवसर पारेर नेपालको लागि टिभिएस टू–ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले आरम्भ गरेको उपभोक्ता प्रवद्र्धन योजना “टिभिएस दशैंको दौड” ले सबैलाई दौडमा

टिभिएसको 'टिभिएस दशैंको दौड' उपभोक्ता प्रवर्धन योजना सार्वजनिक 

काठमाडौँ । नेपालको सबैभन्दा ठूलो पर्वको अवसर पारेर नेपालको लागि टिभिएस टू–ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले एक उपभोक्ता प्रवद्र्धन योजना “टिभिएस दशैंको दौड” प्रारम्भ गरेको छ । यो एक

टिभिएसले ल्यायो अपाचे अन्तर्राष्ट्रिय रेस ट्रयाक एक्पेरियन्स योजना

काठमाडौँ । नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस ट्रयाक एक्सपेरियन्स अघि सारेको छ । जुन योजना अनुसार


z