• २०८१ बैशाख १५ शनिबार

महिलाले कसरी चरमोत्कर्ष प्राप्त गर्छन् ? यस्ता छन् चरमोत्कर्षका प्रकार

kharibot

काठमाडौं । मानिसको जीवनलाई सन्तुष्ट, सुखी र आनन्दित तुल्याउन यौनको निकै ठूलो भूमिका रहन्छ । यौन केवल शारीरिक सम्बन्ध मात्रै होइन । यसले पतिपत्नी अथवा दुई प्रेमीलाई भावनात्मक रुपमा पनि जोड्ने काम गर्छ । एक स्वस्थ सम्बन्धका लागि दुवैले एकअर्काको हरेक खुसीको ख्याल राख्नु आवश्यक छ । तर, महिलालाई यौनको समयमा कसरी चरमोत्कर्ष प्राप्त हुन्छ भन्ने विषयमा निकै चर्चा भएको पाइन्छ । यो विषय संवेदनशील भएकैले यसबारे यति धेरै चर्चा हुने गरेको हो । 

महिलामा हुने चरमोत्कर्षका चार प्रकार

विभिन्न अध्ययन प्रतिवेदनले यौनको समयमा महिलाहरु एकभन्दा बढी पटक चरमोत्कर्षमा पुग्ने देखाइसकेका छन् । यद्यपि, केही महिला उक्त स्थितिमा पुग्न निकै समय लाग्छ । अथवा कतिपय महिलाले त जीवनभरमा निकै कम मात्र चरमोत्कर्षको अनुभव गर्छन् । अनुसन्धाताहरुका अनुसार चरमोत्कर्षको अवस्था महिलाहरुमा फरकफरक रहेको पाइएको छ । मुख्यतः महिलामा चरमोत्कर्षका चार प्रकार हुन्छन् । 

क्लिटोरल अर्गाजम 

क्लिटोरल अर्गाजम सबैभन्दा छिटो हुने अर्गाजम अथवा चरमोत्कर्ष हो । योनिमा भगांकुरमा औंला, जिब्रो, सेक्स टोय आदिको हल्का, घुमाउरो र लगातारको स्पर्शले महिलाले यो चरमोत्कर्ष निकै छिटो अनुभव गर्न सक्छन् । यस चरमोत्कर्षले यौन क्रियालाई छिटै पूरा गर्नेभन्दा पनि क्रियालाई अझै बढाउन यो सहयोगी हुने बताइन्छ ।

जीस्पट अर्गाजम 

जीस्पट अर्गाजम क्लिटोरस अथवा भगांकुरभन्दा भित्र र गहिरो हुन्छ । जीस्पट योनिको एकदेखि दुई इन्च भित्रपट्टि रहेको भाग हो । 

फिमेल इज्याक्युलेसन 

फिमेल इज्याक्युलेसन अथवा महिला स्खलनलाई स्क्विर्टिङ पनि भनिन्छ । यसको अनुभव अधिकांश महिलाले गर्दछन् । यसबाट शारीरिक सन्तुष्टिका साथै भावनात्मक सन्तुष्टि पनि मिल्छ । 

सर्विकल अर्गाजम 

सर्विकल अर्गाजमलाई सबैभन्दा उत्तम चरमोत्कर्ष मानिन्छ । सर्विकल अर्गाजमको समयमा महिलाले शान्ति, सुख र खुसीको अनुभूति गर्छन् । सर्विक्सको सम्बन्ध गर्भाशयसँग रहन्छ, अथवा यो गर्भाशयको मुख हो । यो चरमोत्कर्ष प्राप्त गर्न मिसनरी सेक्स पोजिसन उपयुक्त हुने बताइन्छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै