काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईसँग विमानभित्र यात्रुहरू आक्रोशित बनेको विषयमा बुद्ध एयरले आफ्नो धारणा सार्वजनिक गरेको छ ।
बुद्ध एयरले एक विज्ञप्ति जारी गर्दै विमान तोकिएको समयभन्दा केवल २४ मिनेट ढिला उडेको स्पष्ट गरेको छ ।
बुद्ध एयरले साँझ ६ बजेर ४० मिनेटमा उड्नुपर्नेमा ७ बजेर ४ मिनेटमा विमान उडेको जानकारी दिएको छ ।
गत शनिबार मन्त्री भट्टराईका कारण एक घण्टा ढिला विमान उडेको भन्दै आक्रोशित भिडले मन्त्रीलाई गरेको व्यवहारको भिडियो सामाजिक संजालमा सार्वजनिक भएपछि विवाद बढेको थियो ।
मन्त्री भट्टराईले भने एक घण्टा नभई कार्यक्रम ढिला भएका कारण जहाज चढ्न आफू १५ मिनेट ढिला भएको बताउदै फेसबुक मार्फत माफी मागेका थिए ।
बुद्ध एयरको विज्ञप्ति :