असोज २ गते देशभरका सरकारी अस्पतालमा निःशुल्क ओपीडी सेवा

खरीबोट

काठमाडौं । सरकारले असोज २ गते देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्था मार्फत निःशुल्क सेवा प्रवाह गर्ने भएको छ ।

संविधान दिवसको अघिल्लो दिन सरकारको मातहतका अस्पताल तथा स्वास्थ्य संस्थाहरुको बहिरंग (ओपीडी) सेवाको टिकट निःशुल्क गर्न लागेको हो ।

सरकार मातहतका देशैभरिका  अस्पताल र स्वास्थ्य सं स्थाले ओपीडी सेवाका लागि सुरुमा शुल्क लिएर टिकट काट्ने गरेका थिए । मन्त्रालयका अनुसार, ओपीडी निःशुल्क भए पनि अन्य सेवा भने पूर्ववत् प्रवाह हुनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफूअन्तर्गतका संघीय अस्पताल तथा स्वास्थ्य संस्थाहरूबाट असोज २ का दिन ओपीडी सेवाको टिकट निःशुल्क हुने जनाएको छ । यसका लागि सम्बन्धित सबैलाई सर्कुलर गरिसकेको मन्त्रालयको भनाइ छ ।

सम्बन्धित समाचार

प्रवासीद्वारा प्राथमिक स्वास्थ्य केन्द्रलाई एक लाख सहयोग

गलकोट ।  म्याग्दीका प्रवासी एक व्यक्तिले प्राथमिक स्वास्थ्यचौकीको स्तरवृद्धिका लागि रु एक लाख सहयोग गरेका छन् । समाजसेवी मुक्ति रोकामगरले दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई रु एक लाख सहयोग गर्ने घोषणा

सार्वजनिक बिदाका दिन स्वास्थ्यसेवा यथावत् हुने

काठमाडौँ । नेपालीको महान्पर्व दशैँ, तिहारमा स्वास्थ्यसेवा विगत वर्षमा जस्तै निरन्तरता हुने भएको छ । यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दशैँ र तिहारका सार्वजनिक बिदाका समयमा पनि

चारसय ९६ को निःशुल्क स्वास्थ्य उपचार

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका– ७ बोर्लाङमा भएको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ४ सय ९६ ले स्वास्थ्य उपचार गराएका छन् । वडा कार्यालय र बरदान हस्पिटल गोरखाको संयुक्त आयोजनामा

स्वास्थ्य मन्त्रालयको संरचना तथा दरबन्दी पुनरावलोकन हुँदै

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संरचना तथा दरबन्दी पुनरावलोकन गरी प्रतिवेदन पठाउन आफ्ना मातहतका निकायलाई  पत्राचार गरेको छ ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रअनुसार मन्त्रालयले स्वास्थ्य सेवा, औषधि


z