काभ्रेमा आकस्मिक अवतरण गरेका हेलिकप्टर आठ घण्टापछि उडे

खरीबोट

बनेपा । मौसम खराबीका कारण यहाँ अवतरण गरिएका चार हेलिकप्टर आठ घण्टापछि काठमाडौँका लागि उडेका छन् ।

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–२ जोरपाटी र हर्सेमा आज बिहान आकस्मिक रुपमा अवतरण गरिएका हेलिकप्टर आठ घण्टापछि उडेका हुन् । 

लुक्लाबाट काठमाडौँका लागि उडेका हेलिकप्टर हर्से र जोरपाटीमा आज बिहान ८ बजे आकस्मिक रुपमा अवतरण गराइएको थियो ।

सिम्रिक एयरका दुई तथा मनाङ एयर र कैलाशको एयरको एक-एक वटा हेलिकप्टरलाई आकस्मिक अवतरण गराइएको हो ।

सिम्रिक एयरको एउटा हेलिकप्टर यहाँबाट केही घण्टामै काठमाडौँका लागि उडे पनि मौसममा सुधार नआएपछि पाँचखाल नगरपालिकाको तीनपिप्लेमा आकस्मिक अवतरण गरिएको थियो । 

यस्तै मौसम खराबीकै कारण पाँचखालको ढुङ्गानाबेँसीका अवतरण गरिएको हेलिकप्टर साँझ काठमाडौँका लागि उडेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
 

सम्बन्धित समाचार

शितल निवासबाट हेलिकप्टर प्रयोग गरेर राष्ट्रपति भण्डारी विमानस्थलमा 

काठमाडौं । म्यानमारको राजकीय भ्रमणमा जाने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी हेलिकप्टर प्रयोग गरेर त्रिभुवन विमानस्थल पुगेकी छन् । राष्ट्रपति भण्डारी ट्राफिक व्यवस्थापन तथा सुरक्षालाई ध्यान दिँदै हेलिकप्टरबाट बिमानस्थल पुगेकी हुन् । राष्ट्रपति

तिम्ल्याहा जन्माउनेलाई हेलिकप्टरमार्फत उद्धार

दार्चुला । दार्चुलामा पहिलो पटक एक सुत्केरी महिला र तीनवटै नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । नौगाड गाउँपालिका–२ की २५ वर्षीया मानमती धामीले सोमबार नौगाड गाउँपालिका–३ खार स्वास्थ्य चौकीको सुरक्षित

फ्रान्सेली पर्यटकको हेलिकप्टरबाट उद्धार

गोरखा । धार्चे गाउँपालिका–४ लाप्राकबाट फ्रान्सेली पर्यटकको उद्धार गरिएको छ । मनास्लु पदमार्ग हुँदै लार्केपास गर्न यही असोज १ गते लाप्राक आएकी ७२ वर्षीया फ्रान्सेली नागरिक यान म्यारी सिकिस्त बिरामी

काभ्रेमा आकस्मिक अवतरण गरेका हेलिकप्टर आठ घण्टापछि उडे

बनेपा । मौसम खराबीका कारण यहाँ अवतरण गरिएका चार हेलिकप्टर आठ घण्टापछि काठमाडौँका लागि उडेका छन् । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–२ जोरपाटी र हर्सेमा आज बिहान आकस्मिक रुपमा अवतरण गरिएका हेलिकप्टर आठ


z