• २०८१ बैशाख १७ सोमबार

भूकम्प पिडितको टेन्ट हटाएर थाप्लेचौरमा राष्ट्रपतिको हेलिकप्टर अवतरण !

kharibot

जाजरकोट । भूकम्प प्रभावित जिल्ला जाजरकोट पुगेका राष्ट्रपति रामचन्द्र पौडेल चढेको हेलिकप्टरले भूकम्प पिडितहरुको आश्रय स्थल धुलाम्य बनेको छ ।

नेपाली सेनाको हेलिकप्टरमार्फत केहीबेर अगाडि जाजरकोटको थाप्लेचौरमा अवतरण गरेका राष्ट्रपति पौडेलले भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न त्यहाँ पुगेका हुन् । भूकम्प पिडितहरुलाई टेन्ट गाडेर राखिएको थाप्ले चौरमा राष्ट्रपतिको हेलिकप्टर अवतरण गर्ने भएपछि त्यहाँ रहेका भूकम्प पिडितका टेन्ट हटाएर हेलिकप्टर अवतरण गराइएको थियो ।

हेलीकप्टर अवतरण गर्ने चौरको छेउमा रहेका टेन्ट समेत उदाएको थियो भने साबि तिर धुलाम्य भएको थियो ।

भूकम्प पिडितलाई राहत दिने र उद्धार गर्नुपर्ने समयमा राष्ट्रपतिको यो भ्रमणमा सम्पूर्ण सुरक्षा संयन्त्र केन्द्रित गर्नुपरेको भन्दा आम रुपमा आलोचना भएको छ ।

यूरोप भ्रमण स्थगित गरेका राष्ट्रपति आज भूकम्प प्रभावित जिल्ला जाजरकोट पुगेका राष्ट्रपतिको यो भ्रमण बिना औचित्यको भएको स्थानीयले  टिप्पणी गरेका छन् । 'अहिले दुखको बेला यत्रो लावा लस्कर लिएर यहाँ राष्ट्रपति आउनुपर्ने काम नै छैन । त्यो पनि भूकम्प पिडितको टेन्ट हटाएर हेलिकप्टर अवतरण गराइएको छ ।' एक स्थानीयले भने ।

राष्ट्रपति जाजरकोटको भूकम्प प्रभावित क्षेत्रको अवलोकनपछि र रुकुम पश्चिम पनि जाने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै