एक किलो चियाको मूल्य ३५ हजार !

खरीबोट

इलाम । इलाम चियाका लागि प्रसिद्ध जिल्ला हो । यहाँको चिया मुलुकभित्र मात्र नभई बाहिरसमेत जान थालेको छ । पछिल्लो समय अर्गानिक चियाको माग बढ्न थालेपछि त धेरै चिया उद्योगसमेत थपिँदै गएका छन् । 

यहाँका कारखानामा चिया प्रशोधन गरिन्छ र तयारी चियाका रूपमा बजारमा पुर्याइन्छ । यो तयारी चियाको मूल्य कति हुन्छ भन्ने चाहिँ हामीले अनुमान गर्नसमेत गाह्रो हुन्छ । कुनै चिया यतिसम्म महङ्गो हुन्छ कि जो कोही स्वदेशी ग्राहकले किन्नसमेत सक्दैनन् । इलामको जस्बीरे टी प्रशोधन उद्योगमा बन्ने एक प्रकारको चियालाई किलोकै रु ३५ हजारसम्म पर्छ । 

यो प्रकारको चियाले स्वदेशभन्दा पनि विदेशमा बढी बजार पाउने गरेको छ । “हामी कहाँ ग्लोमिन टी प्रकारको चिया चाहिँ रु ३५ हजार किलोसम्म बेच्ने गरिन्छ” उद्योगका सञ्चालक शरद सुब्बाले भने, “यो चिया विदेशमा भने हारालुस शैलीमा बिक्छ ।”

उनका अनुसार यो चिया बनाउनका लागि पनि निक्कै मेहनत लाग्छ । उज्यालो÷अँध्यारो, प्रकाश र ताप मिलाएर निर्माण गर्न सकिने यो चिया अत्यन्तै कष्टपूर्ण तरिकाले बनाउनुपर्दा मूल्यसमेत महङ्गो परेको सुब्बाको भनाइ छ । “यो चिया नेपालमा त बिक्री हुँदै हुँदैन । यो चियालाई अत्यन्तै मेहनत गरेर हामीले हातले बनाइन्छ ।” उहाँले उक्त चिया स्वास्थ्यका लागि पनि फाइदा हुने भएकाले पनि विदेशमा माग बढी रहेको बताए । 

उनका अनुसार अरू तयारी चियाको बजार पनि विदेशमै बढिरहेको छ । विदेशमा ‘एल्लो टी’ लाई रु एक हजार ५००, ‘ह्वाइट टी’ लाई रु चार हजार, ‘सिल्भर टी’ लाई रु १० हजार, ‘रोस्टेड ग्रिन टी’लाई रु दुई हजार, ‘ब्लाक ओगल टी’लाई रु पाँच हजार, ‘हिमालय गोल्ड’लाई रु पाँच हजार प्रतिकिलो पर्छ । 

सुब्बाले स्वादका लागि मात्र नभई विदेशीले स्वास्थ्यका लागि पनि चिया पिउने गरेकाले उद्योगबाट उत्पादित चिया धेरै रुचाउने गरेको जानकारी दिए । “सरकारले नै यस्तो किसिमको चिया खाँदा उपयुक्त हुन्छ भनेर तोकिदिएको हुन्छ । त्यसैले महङ्गै भए पनि धेरैले किन्छन्”, सुब्बाले भने ।
 

सम्बन्धित समाचार

बागलुङमा चिया खेतीको लहर

गलकोट । ‘चिया’ भन्ने बित्तिकै धेरैले इलाम जिल्लालाई सम्झन पुग्छ । चिया बगानकै कारण देशभित्र र बाहिर यो जिल्ला प्रख्यात छ । हिजोआज अन्य जिल्लामा पनि व्यावसायिक चिया खेती गर्न

नेकपाको चियापानमा कार्यकर्ता भन्छन् - जनतासँग जोडिन जिम्मेवारी देऊ !

काठमाडौँ । संविधान जारीपछिको निर्वाचनबाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षाका साथ अग्रसर भएपनि पार्टी एकतापछि आम कार्यकर्ताले पूर्ण जिम्मेवारी पाइसकेका छैनन् । सरकार र

नेकपाको चियापानमा देउवाले भने – मिलेर अघि बढौ 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा राजनीतिक स्थायित्व कायम भएको बताउँदै अब सबै दल मिलेर समृद्धिको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिएका छन्

सरकार जनअपेक्षाअनुसार प्रभावकारी बन्नुपर्छ- वरिष्ठ नेता खनाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले सरकारले जनअपेक्षाअनुसार कामलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्ने बताएका छन् । पार्टीले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज आयोजना


z