• २०८१ बैशाख २६ बुधबार

वामदेव गौतमद्वारा कास्कीबाट चुनाव नलड्ने घोषणा

kharibot

काठमाडौँ । सत्तारुढ दल नेकपाका नेता वामदेव गौतमले मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्कीबाट चुनाव नलड्ने घोषणा गरेका छन् ।

बामदेवले उक्त निर्वाचन क्षेत्रबाट पराजित हुने सम्भावना धेरै भएकाले चुनावमा उम्मेदवार नबन्ने उल्लेख गरेका हुन् । यसअघि बर्दिया क्षेत्र नम्बर १ मा वाम गठबन्धनको मत धेरै हुँदा हुँदै पनि पराजित हुनुपरेको स्मरण गर्दै गौतमले फेरी पनि पराजित हुने सम्भावना औँल्याएका छन् ।

आज बसेको सचिवालय बैठकमा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालले कास्कीबाट चुनाव लड्न आग्रह गरेको दावी गर्दै उनले आफू भने चुनावबाट पछि हटेको स्पष्ट पारेका हुन् ।

गौतमले भनेका छन्–”आदरणीय अध्यक्षद्वय कमरेड सहित पार्टीका समस्त सहयोद्धाप्रति म हार्दिक आभार प्रकट गर्दछु । यसअघि (२०७४ मा) प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया– १ बाट उम्मेदवार भएको यहाँहरुमा विदितै छ । उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो । तर, म पराजित हुनुपर्यो । त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो ।” 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै