काठमाडौ । साताको पहिलो कारोवार दिन आज आईतबार नै नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ ।
नेप्से आज १६ दसमलव पाँच अंकले घटेर ११ सय ३९ दसमलव २५ बिन्दुमा झर्दा सेन्सिटिभ पनि दुई दसमलव ४९ अंकले घटेर दुई सय ४९ दसमलव ७१ बिन्दुमा झरेको छ ।
एक सय ६६ कम्पनीहरुको पाँच हजार आठ सय ९६ वटा कारोवारमा आठ लाख ४८ हजार छ सय ६२ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम २२ करोड ६९ लाख ५० हजार दुई सय ३८ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज ११ वटा समुहको कारोवार भएकोमा अन्य समुहको सुचक झिनो अंकले बढेपनि बाँकी समुहको सुचक घटेकाछन । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक ११ दसमलव ३३ अंकले घटेर एक हजार ४७ दसमलव नौ बिन्दुमा झर्दा बिकास बैंक समुहको सुचक १८ दसमलव १९ अंकले घटेर १५ सय ४८ दसमलव ८१ बिन्दुमा झरेको छ ।
जलबिद्युत समुहको सुचक पनि २९ दसमलव छ अंकले घटेर नौ सय ३२ दसमलव ५९ बिन्दुमा झर्दा निर्जिवन बीमा समुहको सुचक पनि एक सय २४ दसमलव २९ अंकले घटेर चार हजार दुई सय ७३ दसमालव ६७ बिन्दुमा झरेको छ । जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुलक, लघुबित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् ।
आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको बेष्ट फाईनान्सको प्रतिकित्ता सेयर मुल्य चार रुपैयाँले बढेर ९२ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको रिलायन्स फाईनान्सको प्रतिकित्ता सेयर मुल्य आठ रुपैयाँ ३३ पैसाले घटेर एक सय १० रुपैयाँमा कारोवार भएको छ ।
यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको शिवम सिमेन्टको प्रतिकित्ता पाँच सय ४३ रुपैयाँ अन्तिम मुल्यष्मा एक करोड ८० लाख ६३ हजार चार सय ४७ रुपैयाँको कारोवार भएको छ ।