• २०८३ श्रावण ६ बुधबार

कालो बजारी ऐन संशोधन गर्न चेम्बरको माग

कालो बजारी ऐन संशोधन गर्न चेम्बरको माग

काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्शले कालो बजारी ऐन संशोधन गर्न माग गरेको छ । 

चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको टोलीले आइतबार सिंहदरबारमा मुख्यसचिव लोकदर्शन रेग्मीलाई भेटेर २०३२ सालमा बनेको ऐन पुरानो भएको भन्दै संशोधन गर्न माग गरेका हुन् । 

अध्यक्ष श्रेष्ठले पुरानो ऐनले विद्यमान बजारको समस्यालाई सम्बोधन गर्न नसकेको भन्दै ऐनलाई समयसापेक्ष रुपमा संशोधन गर्नुपर्ने बताए । उनले पूर्व घोषितबाहेकका अकस्मात् गरिने सार्वजनिक बिदामा राष्ट्र बैंकअन्तर्गतका बैंक तथा वित्तीय क्षेत्रका सेवालाई सञ्चालन गर्न बन्दोबस्त गर्नसमेत आग्रह गरेका थिए । 

सो भेटमा मुख्य सचिव रेग्मीले सरकार र निजी क्षेत्रबीचको संयुक्त सहकार्यबाट मात्रै मुलुक समृद्ध हुने भएकाले उक्त ऐनलाई समयानुकूल परिमार्जन गरिने बताएका थिए । भेटमा चेम्बरका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै