काठमाडौँ । सिंगापुरमा त्रिकोणीय टी-२० सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम अर्को टी-२० सिरिज खेल्न आज ओमान जादै छ ।
सिंगापुरमा जिम्बाबे र सिंगापुरविरुद्ध खेलेको नेपाली टीमले ३ खेलमा एक खेल जितेको थियो भने जिम्बाबेविरुद्धका दुवै खेलमा हार बेहोरेको थियो । सिंगापुरविरुद्धको अन्तिम खेल भने बर्षाका कारण रद्ध भएको थियो ।
सिंगापुरको त्रिकोणीय सिरिजमा कप्तान पारसको शतक बाहेक अन्य खेलाडीको प्रदर्शन राम्रो हुन् सकेन । पारसले ३ खेलमा १३६ रन बनाउदै अहिलेसम्म धेरै रन बनाउने सुचिमा शिर्ष स्थानमा रहेका छन् । त्यस्तै सन्दीप लामिछानेले ३ खेलमा ५ विकेट लिए । सन्दीपले जिम्बाबेविरुद्धका दुई खेलमा ५ विकेट लिए पनि उनको प्रदर्शनले टिमलाई जिताउन सकेनन् ।
अब ओमानमा नेपालले आयोजक ओमानसहित हङकङ, नेदरल्याण्डस र आयरल्याण्डसँग एक एक खेल खेल्ने छ ।
नेपालको खेल तालिका
ओमानमा हुने टी-२० सिरिजको तालिका
नेपाल विरुद्ध हङकङ (असोज १९ गते : आइतबार)
नेपाल विरुद्ध नेदरल्यान्ड्स (असोज २० गते : सोमबार)
नेपाल विरुद्ध आयरल्यान्ड (असोज २२ गते : बुधबार)
नेपाल विरुद्ध ओमान (असोज २३ गते : बिहिबार)
ओमान सिरिजको लागि नेपालको १५ सदस्यीय टोली :
पारस खड्का (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप कप्तान), कुशल मल्ल, इशान पाण्डे, सोमपाल कामी, सन्दीप लामछाने, करण केसी, ललित नारायण राजवंशी, आरिफ शेख, सन्दीप जोरा, विनोद भण्डारी, पवन सरार्फ, अभिनाश बोहोरा, रोहित कुमार पौडेल र सुशन भारी ।