एनआईसी एशियाको डेबिट तथा क्रेडिट कार्ड भिसा नेटवर्कमा पुन: संचालन 

खरीबोट

काठमाडौँ । एनआईसी एशिया बैंकको भिसा डेबिट तथा क्रेडिट कार्ड केही समयको लागि यस बैंकको एटीएम मेसिनहरुबाट मात्र सञ्चालन भइरहेकोमा शनिबारदेखि नेपाल तथा भारतका भिसा नेटवर्कमा आवद्ध अन्य बैंक तथा वित्तीय संस्थाहरुका चिप तथा पिन स्वीकार गर्ने एटीएम मेसिनहरुमा समेत संचालन हुने भएको छ ।

बैंकका कार्डवाहकहरुले २४ घण्टामा नेपालमा तीन पटक गरी हरेक पटक २० हजार का दरले अधिकतम ६० हजार रकमसम्म झिक्न सकिने बैंकले जनाएको छ । यसै गरी भारतमा २४ घण्टामा दुई पटकमा गरी हरेक पटक भा.रु. १० हजार का दरले अधिकतम भा.रु. १५ हजार रुपैयाँसम्म झिक्न सकिने छ ।

यससँगै यस बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्डहरु भिसा नेटवर्कमा आवद्ध भएका अन्य बैंक तथा वित्तीय संस्थाका प्वाइन्ट अफ सेल्स मेसिनहरुमा समेत चल्ने व्यवस्था यसअघि बैंकले मिलाएको थियो । 

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३६७ एटिएम, ८३ वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करिब १८ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब १० अर्ब ८ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । 
 
 

सम्बन्धित समाचार

एनआईसी एशिया बैंक र सस्तो टिकेटसबीच सम्झौता 

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र सस्तो टिकेटसबीच एनआईसी एशिया बैंकको डिजिटल च्यानलमार्फत् सस्तो टिकेटसका ग्राहकहरुले हवाई टिकट तथा होटल बुक गरी सजिलै भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने

एनआईसी एशिया बैंक र वर्ल्डलिङ्कबीच सहकार्यको सम्झौता 

काठमाडौँ । एनआईसी एशिया बैंक र वर्ल्डलिङ्क कम्युनिकेसन्सबीच डिजिटल भुक्तानी गर्ने सम्झौता भएको छ ।  सो सम्झौता बमोजिम एन आई सी एशिया बैंकका ग्राहकहरुले २०७६ आश्विन ३० देखि २०७६ कार्तिक १६

एनआईसी एशियाका ग्राहकलाई सिद्धार्थ बिजनेश ग्रुपमा विशेष छुट

काठमाडौँ । एनआईसी एशिया बैंक र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिट्यालिटीबीच एनआईसी एशिया बैंकका ग्राहकहरुलाई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता बमोजिम एन आई

एनआईसी एशियाको डेबिट तथा क्रेडिट कार्ड भिसा नेटवर्कमा पुन: संचालन 

काठमाडौँ । एनआईसी एशिया बैंकको भिसा डेबिट तथा क्रेडिट कार्ड केही समयको लागि यस बैंकको एटीएम मेसिनहरुबाट मात्र सञ्चालन भइरहेकोमा शनिबारदेखि नेपाल तथा भारतका भिसा नेटवर्कमा आवद्ध अन्य बैंक तथा


z