• २०८१ बैशाख ११ मंगलबार

स्विडेन : नेपाली विद्यार्थीहरुलाई वैदेशिक शिक्षाको नयाँ विकल्प

kharibot

प्रतिनिधि तस्बीर ।

काठमाडौँ । वैदेशिक शिक्षा भन्ने वित्तिकै नेपाली जनमानसमा झट्टै आउने नाम भनेको अमेरिका, अष्ट्रेलिया, युके, क्यानाडा आदी हुन् । तुलनात्मक रुपमा शिक्षाकै अवसरको खोजीमा विदेशिने नेपाली विद्यार्थीको तथ्यांक हेर्दा मुख्य गन्तव्यको रुपमा यिनै देशहरु अग्रपंक्तिमा रहेका छन् ।

अमेरिका, अस्ट्रेलिया, युके जस्ता प्रचलित गन्तव्यहरुमा बिदेशी बिद्यार्थीबाट हुने कमाई देशको अर्थतन्त्रको ठुलो हिस्सा ओगटेको छ । फलस्वरूप प्रचारपसार र विज्ञापनमा पनि यि देशका विश्विद्यालय र मध्यस्तकर्ताहरुले ठुलो लगानी गरेको पाइन्छ । 

तर यूरोपेलीराष्ट्र, जहाँ शिक्षा बारे त्यति प्रचारपसार गरिन्न । अर्थतन्त्रमा भन्दा पनि गुणस्तरको हिसाबमा बिद्यार्थी चयन गरिन्छ । यस बारे नेपाली बिद्यार्थीहरु भने अझै अनबिज्ञनै रहेकाछन्। 

नेपाली विद्यार्थीले कम बुझेको तर प्रसस्त अवसरहरु भएको देश हो स्विडेन । उत्तरी यूरोपमा रहेको यो देश विश्वको सबै भन्दा राम्रो जीवनस्तर भएको देश मध्ये एक पर्दछ। यहि वर्ष मात्र वार्टनस्कुल ऑफ द यूनिभर्सिटी ऑफ पेन्सलभानियाले गरेको सर्वेक्षणमा स्वीडेन विश्वकै दोस्रो र युरोपकै पहिलो उत्कृष्ट जीवनगुणस्तर भएको देशको सूचिमा पर्न सफल भएको छ।जीवनस्तर संगै शिक्षा, स्वास्थ, रोजगारीको अवसर जस्ता कुरामा पनि स्वीडेन निकैअगाडी छ ।

२०११ सम्म पुर्णरुपमा स्वदेशी तथा विदेशी विद्यार्थीलाई निशुल्क शिक्षा को प्रावधान रहेको स्वीडेनले २०११ यता विदेशी विद्यार्थीलाई शुल्क लगाएको छ । यधपि चलन चल्तीमा रहेको देश भन्दा यहाँको शैक्षिक सुल्क निकै कम रहेको छ । योग्य बिद्यार्थीकालागि प्रशस्त छात्रवृतिका योजना रहेकाले पनि नेपाली विद्यार्थी का लागि स्वीडेन एक उत्कृष्ट विकल्प बन्न सक्छ।

नेपाली विद्यार्थीको कम चासो रहेको देश भए पनि विश्वबजारमा स्विडिस विश्वविद्यालय अगाडी रहेकाछन् । स्वीडेनका ४ विश्वविद्यालयहरु संसारका सय  उत्कृष्ट  विश्वविद्यालयमा पर्न सफल छन् भने शैक्षिकस्तर संसारभरीकै उच्च दश श्रेणीमा पर्न सफल रहेका छन्। प्लुसटू र ब्याचलर सकेर ग्याप राखेका विद्यार्थीलाई पनि उचित लगाव र रुचिको आभास दिलाउन सकेमा स्विडिस विश्वविद्यालयले पढ्ने  अवसर प्रधान गर्ने पाइएको छ । 

वैदेशिक शिक्षाको आवेदनको क्रममा आइपर्ने सबै भन्दा ठुलो बाधाको रुपमा रहेको आर्थिक पाटो पनि यहाँ सजिलो पाइएको छ। अन्य देशमा जस्तो प्रोपर्टी भ्यालुयसन, वार्षिक आयकोप्रमाण, सम्बन्ध प्रमाणिकरण गर्नुपर्दैन । मात्र बैङ्किग विवरण र ब्यालेन्सिंग प्रमाणपत्र मात्रनै पर्याप्त छ । स्वीडेनमा विद्यार्थीले कुनै प्रतिबन्द बिना पुरै समय काम गर्न पाउने हुदा आफ्नो पढाईको खर्च र बाँकि खर्च सजिलै पुरागर्न सक्छन् । अरु विभिन्न देशमा विद्यार्थीलाई हफ्ताको २० घण्टा मात्र काम गर्न अनुमति छ।

आफ्नो पढाई पछि स्थायी बसोबास गर्न चाहने विद्यार्थीलाई अन्य यूरोपियन देश भन्दा स्वीडेनको प्रावधान सहज छ।आफुले पढेको विषय, अंग्रेजी भाषाको ज्ञान, उमेर, सिप र कामको अनुभवलाई आधार बनाई परमानेंट रेसिडेन्सको प्रोसेसमा अङ्क जोडिने हुँदा यहाँ सजिलो छ । 

नेपाली विद्यार्थीमा पढाई संगसंगै काम गर्ने र जीवनस्तर सुधार्ने चाहना रहेको पाइन्छ । आर्थिक र भावनात्मक रुपमा सहायता हुने हुनाले धेरै विद्यार्थी डिपेन्डेन्ट भिसामा आफ्नो जीवनसाथी संगै विदेश जाने इच्छा राख्दछन् । अरु देशमा डिपेन्डेन्ट लैजान विभिन्न मापदण्ड छन्, स्नातकोत्तर ९मास्टर डिग्री० तहका विद्यार्थीले मात्र आफ्रनो साथी सँगै लान पाउने वा विशेष सिपमुलक पाठ्यक्रम पढ्ने विद्यार्थीलाई सहज हुने तर स्विडेन यो मामलामा पनि उदार पाइएको छ । स्वीडेनमा विद्यार्थी र उस्को डिपेनडेन्टले एकसाथ प्रक्रिया सुरु गरि संगै उड्न सक्छन् ।

स्विडेनको आफ्नै भाषा रहेपनि अंग्रेजी भाषा सजिलै बोलिने र प्रयोगमा आउने भाषा हो । २००९ सम्म अंग्रेजी भाषानै स्विडेनको आधिकारिक भाषा रहेको हुदा अन्तराष्ट्रिय विद्यार्थीलाई समस्या नआउने देखिन्छ । स्विडिस नागरिक विश्वमै उत्कृष्ट अंग्रेजी बोल्ने मध्ये पर्दछन् । अन्तराष्ट्रिय विद्यार्थीले पढाई पश्चात वा पढाई सुरुगरेको ६ महिना पछि आफ्नै व्यवसाय सुरु गर्न सक्छन्, यसमा स्विडिस सरकारको सहयोग पनि रहनेछ ।

आफ्नै नागरिक सरह स्विडेनमा सम्पूर्ण अन्तराष्ट्रिय विद्यार्थीलाई पनि निस् शुल्क स्वास्थ्यविमा प्रधान गरिने हुदा बर्षै पिछे तिर्नपर्ने विमाशुल्क बाट पनि विद्यार्थीले छुटकारा पाउनेछन् । 

आफ्नो कुल क्षेत्रफलको तुलनामा निकै कमजनसंख्या रहेको यो देशको आगामी २०२४ सम्म जनसंख्या बढाउने लक्ष्य रहेको छ । यस अर्थमा पनि बढी भन्दा बढी अन्तराष्ट्रिय विद्यार्थीलाई सहजताका साथ भित्र्याउनमा स्विडेन सकारात्मक छ ।
विश्वमै प्रचलित जीवनस्तर, विश्वविद्यालय र अन्तराष्ट्रिय विद्यार्थीलाई काम तथा स्वास्थ सेवामा उदारता हेर्दा स्विडेन नेपाली विद्यार्थीका लागि एक नया गन्तव्य र महंगा शैक्षिक गन्तव्यको राम्रो विकल्प बन्न सक्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै