प्रधानमन्त्री ओली झापामा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी

खरीबोट

भद्रपुर । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भएका छन् ।

आज बिहान झापा आएका प्रधानमन्त्री ओलीले दशैँ, तिहार, छठको उपलक्ष्यमा दमकमा आज आयोजना गर्नुभएको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन भद्रपुर विमानस्थल आइपुग्दा पार्टी नेता तथा सरकारी अधिकारीले स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीले बर्सेनी दशैँ, तिहार र छठ पर्वका अवसरमा विगत २५ वर्षदेखि शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै आएको छ । 

कार्यक्रममा प्रदेश नं १ सरकारका उच्चपदाधिकारी र नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलालगायत सहभागी छन् । प्रधानमन्त्री ओली आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
 

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीद्वारा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग शिलान्यास गरेका छन् । सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको सवारी साधन आवतजावतका लागि प्रयोग गरिने नेपालकै पहिलो सो सुरुङमार्ग चन्द्रागिरि

स्वदेशमै लगानी गर्न प्रधानमन्त्रीद्धारा गैरआवासीय नेपाली संघलाई आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीहरुलाई सकेसम्म स्वदेशमै आएर आफ्नो सीप र क्षमताको उपयोग गर्न, नभए विदेशबाटै गैरआवासीय नेपालीका रुपमा स्वदेशको विकासका लागि विविध क्षेत्रबाट योगदान गर्न आह्वान

प्रधानमन्त्री ओलीको प्रचण्ड र देउवासँग छलफल 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री

किन भयो ओली-प्रचण्डको खटपट ?

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच फेरी एक पटक खटपट भएको समाचार बाहिर आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल


z