मन्त्रिपरिषदका निर्णय सार्वजनिक, यस्ता छन् विभिन्न ६ निर्णय 

खरीबोट

काठमाडौं । मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।

सरकारले नेपाली सेनाका दुई जना सहायकरथीमा बढुवा गरेको छ । सहायकरथीहरु गोकुल भण्डारी र अशोकराज सिग्देलको उपरथीमा बढुवा गरेको छ भने भएको हो ।

सरकारका प्रवक्ता समेत रहेका सुचना तथा प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले सरकारका निर्णय सार्वजनिक गर्दै सो जानकारी दिएका छन् ।

सरकारका निर्णयहरु :

१.    विद्यालय क्षेत्र विकास कार्यक्रममा विश्व बैंकले प्रदान गर्ने २ अर्व ७७ करोड १३ लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ ।

२.    विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागि मन्त्रालयका सहसचिव श्री रामचन्द्र ढकाललाई काम गर्ने गरी तोक्ने निर्णय गरिएको छ ।

३.    आर्थिक वर्ष ०७६\७७ मा ऊर्जा , जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गतका सात वटा आयोजनका लागि ६० राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृति गरिएको छ ।

४.    सहायकरथीद्वय अशोकराज सिग्देल र गोकुल भण्डारीलाई उपरथी दर्जामा तथा महासेनानी कुमारवा थापासमेत ५ जना महासेनानीहरूलाई सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरिएको छ ।

५.    नख्खुखोला – भैसेपाटी – बुङमति सडक स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ ।

६.    नेपाल – भारत विद्युत व्यापार सम्झौता अन्र्तगतका संयुक्त सञ्चालक समिति र संयुक्त कार्य समूहको सातौं बैठकमा उर्जा जलस्रोत मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिइएको छ । 
 

सम्बन्धित समाचार

मन्त्रिपरिषद पुनर्गठन : औपचारिक कार्यक्रम नराख्न मन्त्रीहरुलाई निर्देशन 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद पुनर्गठन हुने जानकारी गराएका छन् । मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले आफूले मन्त्रिपरिषद पुनर्गठन गर्न लागेको बताए । ओलीले को-को मन्त्री

लायन्स क्लबको दोस्रो क्याबिनेट बैठक गैँडाकोटमा

चितवन । लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ वी टूको दोस्रो क्याबिनेट बैठक यही कात्तिक २९ र ३० गते गैँडाकोटमा हुने भएको छ। सोही डिष्ट्रिक्टको एरिया नं ३ को आतिथ्यतामा

मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरु (सुचीसहित)

काठमाडौँ । सरकारले यहि कात्तिक १७, १८ र २० गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरु सार्वजनिक गरेको छ । विहिबार सरकारका प्रवक्ता तथा सूचना एवं प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले पत्रकार

आज मन्त्रिपरिषद्को बैठक बस्दै, प्रदेश प्रमुख नियुक्तिको तयारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज सोमबार बस्दैछ । आइतबार साँझ बस्ने भनिएको बैठक प्रधानमन्त्रीको व्यस्तताले गर्दा सोमबार बिहान ११ बजे बालुवाटारमा बस्ने गरी स्थगित भएको थियो । आजको मन्त्रिपरिषद् बैठकले सातै प्रदेशका प्रमुख


z