राष्ट्रपति भण्डारी बुधबार म्यान्मारको भ्रमणमा जादै 

खरीबोट

काठमाडौँ । राष्ट्रपति बिद्यादेवी भण्डारीले म्यान्मारको औपचारिक भ्रमण गर्ने भएकी छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भण्डारीले यहि असोज २९ देखि कार्तिक ३ गतेसम्म म्यान्मारको औपचारिक भ्रमण गर्ने जानकारी दिएको छ ।

म्यान्मारको भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले म्यान्मारका राष्ट्रपति यु विन मिन्ट, स्टेट काउन्सलर आङ साङ सुकीसँग दुई पक्षीय हितका विषयमा भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै स्टेट काउन्सलर सुकीले राष्ट्रपति भण्डारीको सम्मानमा रात्रिभोजको आयोजना गर्ने भएकी छन् । साथै म्यान्मारका राष्ट्रपति यु विनले भण्डारीको सम्मानमा राजकीय भोजको आयोजना गर्ने परराष्ट्रले जानकारी दिएको छ ।

साथै राष्ट्रपति भण्डारीले आफ्नो भ्रमणका क्रममा म्यान्मारको पिन ओ लीनमा नेपाली मुलका स्थानीयसँग भेट गर्ने र युनेस्कोको विश्व सम्पदा सुची बगानको समेत भ्रमण गर्ने कार्यसूची रहेको छ ।

राष्ट्रपति भण्डारीले म्यान्मारको यंगुनको समेत भ्रमण गर्ने भएकी छन् ।

भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, परराष्ट्र सचिव, राष्ट्रपति कार्यालयका सचिव लगायत अन्य उच्च सरकारी अधिकारीहरु रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।      
 

सम्बन्धित समाचार

बंगलादेशका राष्ट्रपति हमिद काठमाडौँमा, राष्ट्रपति भण्डारीद्वारा स्वागत 

काठमाडौँ । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले चार दिने औपचारिक भ्रमणका क्रममा काठमाडौँ आइपुगेका छन् ।  राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छन् ।  कात्तिक २९

नेपाली चलचित्रलाई अन्तरराष्ट्रिय क्षेत्रसम्म पुर्याउनु पर्छ – राष्ट्रपति भण्डारी 

वीरगञ्ज । राष्ट्रपति विद्यादेवी भण्डारीले तराईको उर्वरभूमि, पहाडका सुन्दर शृङ्खला, कलकल बग्ने हिमनदी तथा वैभवताले परिपूर्ण दृष्यलाई चलचित्रका माध्यमबाट प्रचार गरी अन्तरराष्ट्रिय क्षेत्रसम्म पुर्याउनुपर्ने बताएकी छन् । नेपाली चलचित्र प्रदर्शन ५४

राष्ट्रपति भण्डारीद्वारा प्रदेश प्रमुख नियुक्त, आज शपथ हुदै 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटै प्रदेशका प्रदेश प्रमुख पदमा नियुक्त गरेकी छिन् । सरकारले प्रदेश प्रमुखहरुको नाम सिफारिश गरेसँगै राष्ट्रपति भण्डारीले सोमबार उनीहरुलाई नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालय शितलनिवासबाट

राष्ट्रपति भण्डारीद्वारा नेपाल संवतको शुभकामना

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४० का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गरेकी छन् ।  “नेपालको मौलिक


z