• २०८१ बैशाख १६ आइतबार

रोनाल्डोको अर्को किर्तिमान, क्यारियरमा ७ सय गोल पुरा

kharibot

काठमाडौं । फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो क्यारियरमा ७ सयौ गोल पुरा गरेका छन् ।

गएराती युरोकप छनौट अन्तर्गतको खेलमा युक्रेनविरुद्ध गोल गर्दै आफ्नो देश पोर्चुगलका लागि ९५औ गोल गरे भने क्यारियरमा ७ सय गोल पुरा गरेका हुन् ।

रोनाल्डोले पोर्चुगलका लागि ९५ गोल गर्दा क्लब लेभलमा स्पोर्टिंग सिपिका लागि ५, म्यानचेस्टर युनाइटेडका लागि ११८, रियल म्याड्रिडका लागि ४५० र युभेन्टसका लागि ३२ गोल गरेका छन् ।

अन्तर्राष्ट्रिय फुटबलमा राष्ट्रिय टिमका लागि रोनाल्डो भन्दा अगाडी इरानका अली दाइ १०९ गोल गर्दै अगाडी रहेका छन् ।

आफ्नो फुटबल क्यारियरमा ७ सय गोल गर्ने रोनाल्डो छैठौ खेलाडी हुन् । अहिलेसम्म धेरै गोल गर्ने रेकर्ड भने चेक-अस्ट्रियाका स्ट्राइकर जोसेफ बिकानको नाममा रहेको छ । उनले कुल ८०५ गोल गरेका छन् ।

त्यस्तै यस सुचिमा दोस्रो स्थानमा ब्राजिलियन खेलाडी रोमारियोको नाम रहेको छ । रोमारियोले आफ्नो क्यारियरमा ७७२ गोल गरेका थिए । त्यस्तै ब्राजिलियन खेलाडी पेलेले आफ्नो क्यारियरमा ७६७ गोल गरेका थिए ।

त्यसै गरि यस सूचिको चौथो स्थानमा हंगेरीका महान खेलाडी फेरेंक पुकास रहेका छन् । पुकासले ७४६ गोल गरेका छन् । त्यस्तै यस सूचिको पाँचौ नम्बरमा जर्मनीका जेर्ड मुलर रहेका छन् । उनले ७३५ गोल गरेका छन् ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै