• २०८१ बैशाख १३ बिहीबार

राजपा सांसदद्वारा विमानस्थलमा तोडफोड, कारवाहीको माग

kharibot

जनकपुर । राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदले सोमबार जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरको तोडफोड गरेका छन् ।

विमान निर्धारित समयभन्दा ढिला आएको भन्दै राजपाका सांसद प्रमोद साहले बुद्ध एयरको काउन्टर तोडफोड गरेका हुन् । जहाज पर्खाईमा रहेका यात्रुहरु भने सांसद साहको हर्कत देखेर एकछिन अवाक बनेका थिए ।

साहले उडान ढिला भएको भन्दै अन्धाधुन्ध प्रहार गरी तोडफोड गरेको बुद्ध एयर जनकपुरका कर्मचारीको आरोप छ । जनकपुरबाट काठमाडौं जान लागेका सांसद साहले विमानस्थलका कर्मचारीमाथि दुर्व्यवहार गर्नुका साथै बुद्ध एअरको काउन्टर र भीआइपीकक्षमा तोडफोड गरेको जनकपुर विमानस्थलले जनाएको छ ।

सर्लाही क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभामा निर्वा्चित सांसद साहले विमानस्थलका कर्मचारीलाई अभद्र व्यवहार गर्दै तोडफोड गरेको र सांसद साहले बुद्ध एअरका जनकपुर इन्चार्जमाथि हातपातको प्रयाससमेत गरेको बताइएको छ ।

तोडफोडको घटनापछि बुद्ध एअरले सांसद साहलाई विमानमा चढाउन अस्वीकार गरेकामा धनुषाका प्रमुख जिल्ला अधिकारीको दबाबमा उनलाई विमानमा प्रवेश दिइएको बुझिएको छ । 

साहलाई एक साताभित्र कारबाही नगरिए जनकपुरमा विमान उडान सेवा नै बन्द गर्ने निजी वायु सेवा कम्पनीहरुले चेतावनी दिएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै