काठमाडौं । कुनै शक्ति गुटमा नलागेका राष्ट्रहरुको अभियान असंलग्न आन्दोलन (नाम) को १८ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकु जाने भएका छन् ।
कार्त्तिक ७ देखि ९ सम्म चल्ने शिखर बैठकमा नामका १२५ सदस्य राष्ट्रसहितको सहभागिता हुने भएको छ।
आफ्नो स्वतन्त्र पहिचान, विचार र नीतिको अडान राखेर एकताबद्ध भएका मुलुकहरुले सन् १९६१ मा असंलग्नता आन्दोलन (नाम) सुरु गरेका हुन् ।
असंलग्न आन्दोलनले पंचशिलका अहस्तक्षेप, अनाक्रमण, शान्तिपूर्ण सहअस्तित्व, एकअर्काको स्वतन्त्रता, सार्वभौमिकता र अखण्डताप्रति सम्मान जनाउने गरेको छ ।