• २०८१ बैशाख १५ शनिबार

एम्बाप्पे र कभानी पिएसजी टिममा फर्किए, नेइमार अझै घाइते  

kharibot

फाइल तस्बीर

काठमाडौँ । किलीयन एम्बाप्पे र एडिसन कभानी फ्रेन्च क्लब पिएसजीको टिममा फर्किएका छन् ।

आज राति हुने फ्रेन्च लिग अन्तर्गतको निसविरुद्धको खेलमा एम्बाप्पे र कभानी टिममा फर्किएका हुन् ।

पिएसजीका लागि ब्राजिलियन खेलाडी नेइमार भने यस खेलमा टिममा रहेका छैनन् । नेइमार ब्राजिलका लागि खेल्ने क्रममा नाइजेरियाविरुद्धको मैत्रीपूर्ण खेलमा घाइते भएका थिए ।

त्यस्तै गत अगस्टदेखि इन्जुरीका कारण बाहिर रहेका कभानी पहिलो पटक टिममा फर्किएका छन् । कभानीको पिएसजीमा यो सिजनको अन्त्यमा सम्झौता सकिन लागेको छ भने उनी अर्को सिजन युभेन्टस जाने चर्चा अहिले नै शुरु भएको छ ।

फ्रेन्च लिगमा पिएसजी अहिले ९ खेलमा २१ अंकसहित शिर्ष स्थानमा रहेको छ भने निस ९ खेलमा १३ अंकसहित अंक तालिकामा नवौ स्थानमा रहेको छ ।       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै