• २०८१ बैशाख २७ बिहीबार

आलम प्रकरणमा देउवाले बोलि फेरे, विज्ञप्ति निकालेर दिए प्रष्टीकरण

kharibot

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूले मोहम्मद आफताव आलमको मुद्दामा षड्यन्त्र भयो नभनेको स्पष्ट पारेका छन् । 

शुक्रबार पार्टी केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भक्तपुरमा गरेको प्रशिक्षण कार्यक्रमा व्यक्त गरेको अभिव्यक्तिप्रति आलोचना भएपछि देउवाले बोली फेरेका हुन् । 

शनिबार विज्ञप्ति सार्वजनिक गर्दै देउवाले आफूले त्यस्तो भन्न नखोजेको दाबी गरेका छन्। सभापति देउवाले कुनै पनि गम्भीर मुद्दामा प्रकृयागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्वेषण गर्ने कार्यमा बाधा पुग्ने तर्फ मात्रै संकेत गरेको दाबी गरेका छन् । 

‘१२ वर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ । तर, कानुनी राज्यमा विश्वास गर्ने नेपाली कांग्रेस कोहीमाथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन सक्दैन’, देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

देउवाले आफ्नो पार्टीबाट निर्वाचित सांसद आलममाथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्न आग्रह गरेका छन् । यसमा कांग्रेसले पनि सहयोग गर्ने उनले प्रतिबद्धता जनाए। ‘निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने हाम्रो प्रष्ट मान्यता म सार्वजनिक रूपले प्रष्ट्याउन चाहन्छु’, विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै