काठमाडौं । सोमबार सुन तथा चाँदीको मूल्य स्थिर नै रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य स्थिर रही छापावाला सुन प्रतितोला ७० हजार ४ सयमा कारोवार भैरहेको छ ।
त्यसैगरी तेजाबी सुन आज प्रतितोला ७० हजार १ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यसैगरी चाँदीको मूल्य पनि स्थिर रही आज प्रतितोला ८ सय ५० मा कारोवार भैरहेको महासंघले जनाएको छ ।