• २०८१ बैशाख २७ बिहीबार

भर्ना प्रक्रियामा अनियमितता गरेको भन्दै २७ जनामाथि सेनाको कारवाही 

kharibot

काठमाडौँ । नेपाली सेनाले भर्ना प्रक्रियामा अनियमितता गरेको भन्दै ४ जना सैनिक २३ जना गैर सैनिक व्यक्तिहरुमाथि छानबिन अघि बढाएको जनाएको छ ।

नेपाली सेनाले विभिन्न ४० भर्ना केन्द्रहरुबाट ५८ सेनाको भर्ना प्रक्रियामा केही भर्ना केन्द्रहरुमा किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको आशंकामा अनुसन्धान अघि बढाएको जानकारी दिएको छ ।

नेपाली सेनाका अनुसार नेपाली सेनाको भर्ना केन्द्र, श्री उत्तर पश्‍चिम पृतनामा संचालन भईरहेको सैन्य भर्ना प्रक्रियामा नक्कली परिचय पत्र बनाई किर्ते गरेको आशंकामा ३ जना र श्री ५ नम्बर बाहिनी अड्डा, कैलाली, भर्ना केन्द्रमा आर्थिक लेनदेन गरेको आशंकामा एक जना सैनिक व्यक्तिहरुलाई सैनिक निगरानीमा राखी अनुसन्धानको कार्य नेपाली सेनाले शुरु गरेको छ ।

सोही भर्ना केन्द्रमा नक्कली परीक्षार्थी पठाई परीक्षा दिन लगाउने वास्तविक उम्मेदवार ६ जना तथा नक्कली परीक्षार्थी ९ जनालाई जिल्ला प्रहरी कार्यालय, सुर्खेतले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ भने संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य भईरहेको सेनाले जनाएको छ ।   

यसैगरी सैन्य भर्ना केन्द्र श्री २४ नम्बर बाहिनी अड्डा, जुम्ला तथा श्री ५ नम्बर बाहिनी अड्डा, कैलालीमा नक्कली परीक्षार्थी पठाई परीक्षा दिन लगाएका ४ जना नक्कली परीक्षार्थीहरुलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ भने वास्तविक उम्मेदवारहरुको खोजी कार्य भईरहेको छ । अन्य ३ भर्ना केन्द्रहरुमा आर्थिक लेनदेनमा संलग्न ४ जना गैर सैनिक व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको छ ।   

नेपाल इसेनाले गतवर्षदेखि भर्ना छनौट प्रक्रियालाई अझ बढि प्रभावकारी र व्यवस्थित बनाउन सबै भर्ना केन्द्रहरुमा भेरिफिकेसन डेस्क राखी बायो मेट्रिक मेसिनको प्रयोग गरी उम्मेदवारहरुको भेरिफिकेसन र फ्रड नियन्त्रण गर्ने गरिएको जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै