• २०८१ बैशाख २८ शुक्रबार

र्याप गायक ‘भिटेन’ पक्राउ

kharibot

काठमाडौ । र्याप गायक समिर घिसिङ ‘भिटेन’ पक्राउ परेका छन् । भिटेनलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले बिहीबार साँझ जावलाखेलबाट पक्राउ गरेको हो ।

उनलाई अश्लिल गीत गाएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रौतहटमा जन्मिएका भिटेन ‘चुरोट’ नामको गीतबाट चर्चामा आएको थिए । उनको यस्तै त होनी ब्रो' नामको गीत निकै चर्चित रहेको छ ।  

यसअघि प्रहरीले गायक दुर्गेश थापालाई पनि गलत संदेश दिने गीत गाएको आरोपमा नियन्त्रणमा लिएको थियो ।

उनको 'ह्यापी तिहार' नामक गीतले लागुऔषध प्रयोगलाई प्रवर्द्धन गरेको तथा देउसी भैलोको गीतलाई बङ्ग्याएको उजुरीपछि उनी पक्राउ परेका थिए । गायक दुर्गेसले सो गीत आफ्नो आधिकारिक युट्युब च्यानलबाट हटाएका र अब देखि यस्तो खालको गीत नगाउने सर्तमा प्रहरीले छोडेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै