• २०८१ बैशाख १४ शुक्रबार

फ्रेन्च लिगको क्लासिकोमा पिएसजीको एकतर्फी जित 

kharibot

काठमाडौँ । फ्रेन्च लिग वन अन्तर्गत पीएसजीले मार्सेलीमाथि फराकिलो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा पिएसजीले मार्सेलीमाथि ४-० को जित हासिल गरेको हो ।

मार्सेलीको जितमा माउरो इकार्डी र किलीयन एम्बाप्पेले २-२ गोल गरेका थिए । खेलका चारै गोल पहिलो हाफमा भएका थिए ।

फ्रेन्च लिगको क्लासिको भनिएको यस खेलमा पिएसजीले एकतर्फी रुपमा जित हासिल गरेको हो ।

यो जितपछि पिएसजीले लिगमा आफ्नो अग्रता बढाएको छ । ११ खेलपछि पिएसजीको २७ अंक भएको छ भने मार्सेलीको ११ खेलमा १६ अंकसहित सातौ स्थानमा रहेको छ ।       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै