राष्ट्रपति भण्डारीद्वारा नेपाल संवतको शुभकामना

खरीबोट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४० का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गरेकी छन् । 

“नेपालको मौलिक संवत्को रुपमा रहेको नेपाल संवत्ले सबै नेपालीहरुमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने विश्वास लिएको छु”, राष्ट्रपति भण्डारीद्वारा आज जारी शुभकामना सन्देशमा भनिएको छ । 

राष्ट्रपति भण्डारीले नेपाल संवत्को नयाँ वर्षले सबैमा नयाँ जोश, जाँगर, उत्साह र उमङ्ग थप्दै मुलुक र मुलुकवासीमा राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्दै सबैमा हर्षोल्लासको कामनासहित हार्दिक शुभेच्छासमेत व्यक्त गरेकी छन् ।
 

सम्बन्धित समाचार

राष्ट्रपति भण्डारीद्वारा साग विजेता खेलाडीलाई बधाई

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा स्वर्णसहित विभिन्न पदक हासिल गरेका नेपाली खेलाडीलाई हार्दिक बधाई ज्ञापन गरेकी छन् । राष्ट्रपतिले आज अपराह्न ट्वीट गर्दै प्रतियोगितामा

राष्ट्रपति भण्डारीद्वारा संसद बैठक आह्वान, पुस ४ गतेदेखि बैठक बस्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ४ गतेका लागि संघीय संसदका दुवै सदनको बैठक आह्वान गरेकी छन् । मंगलबार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम पुस ४

द्वन्द्वको घाउ निको हुन समय लाग्छ : राष्ट्रपति भण्डारी 

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारील द्वन्द्वको घाउ निको हुन केही समय लाग्ने बताएकी छन् ।  राष्ट्रपति भवन, शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रिय मानवअधिकार आयोगको आर्थिक वर्ष २०७५-७६ को वार्षिक

अपाङ्गता भएकालाई मूलप्रवाहमा ल्याइनुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले फरक क्षमता भएका व्यक्तिलाई विकासको मूलप्रवाहमा समावेश गरी आत्मनिर्भर बनाउनु राज्यको गहन दायित्व भएको बताएकी छन् । अपाङ्गता भएका व्यक्तिहरुको २८औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज एक


z