• २०८१ बैशाख १५ शनिबार

आज मन्त्रिपरिषद्को बैठक बस्दै, प्रदेश प्रमुख नियुक्तिको तयारी

kharibot

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज सोमबार बस्दैछ । आइतबार साँझ बस्ने भनिएको बैठक प्रधानमन्त्रीको व्यस्तताले गर्दा सोमबार बिहान ११ बजे बालुवाटारमा बस्ने गरी स्थगित भएको थियो ।

आजको मन्त्रिपरिषद् बैठकले सातै प्रदेशका प्रमुख नियुक्त गर्ने सम्भावना रहेको बताइएको छ । 

त्यसअघि नेकपाको सचिवालयको बैठक बस्दैछ । सचिवालयको बैठकमा सहमति भएपछि मन्त्रिपरिषद बसेर निर्णय गर्नेछ ।

प्रदेश प्रमुखलाई पदमुक्त गरेपछि उनीहरुको जिम्मेवारी कसले हेर्ने भन्ने अन्योलता बढेकाले सरकारले छिटै नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरेको हो । 

यस अघि मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार सातै प्रदेशका प्रमुखहरुलाई हटाएकी थिइन् ।

प्रदेश १ का प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ, २ का रत्नेश्वरलाल कायश्थ, ३ की अनुराधा कोइराला, गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवर, प्रदेश ५ का उमाकान्त झा, कर्णाली प्रदेशका दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ल पदमुक्त भएका छन् ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको चुनावी सरकारले २०७४ माघ ३ गते प्रदेश प्रमुखहरु नियुक्त गरेको थियो ।

चुनावलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ असोज २० मा चुनावी आचार संहिता जारी भइसकेपछि देउवा सरकारले गरेका राजनीतिक नियुक्ति बदर गर्ने निर्णयसमेत गरेको थियो ।
 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै