नक्सा सच्याउनुपर्ने माग गर्दै विद्यार्थीको आन्दोलन

खरीबोट

काठमाडौँ । लिपुलेक, कालापानी लगायत नेपाली भू–भागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा पशुपति बहुमुखी क्याम्पस चाबहिलका विद्यार्थीले विरोध र्याली गरेको छ ।

नेपाल विद्यार्थी सङ्घ काठमाडौँ जिल्ला समितिको आयोजनामा आज गरिएको विरोध प्रदर्शनमा ‘हाम्रो सीमा हाम्रो देश प्राण भन्दा प्यारो छ’ भन्ने नारासहित नेपालको एक चिम्टी भू–भाग कसैले मिच्न नपाउने जस्ता नारा लगाइएको थियो ।

एक सय ५० भन्दा बढी विद्यार्थी सहित मित्रपार्कबाट शुरु गरिएको विरोध र्याली चाबहिल चोकलाई परिक्रमा गरी पशुपति क्याम्पसमा आएर कोणसभामा परिणत भएको थियो ।

सभामा बोल्दै विद्यार्थी नेता राजकुमार तामाङले भारतले सार्वजनिक गरेको नक्सामा नेपाली भूमि अतिक्रमण भएकाले तत्काल उक्त नक्सा सच्चाउनुपर्ने माग राखे ।

सरकारले कूटनीतिकरूपमा समस्याको समाधान गर्नुपर्ने विद्यार्थी नेता प्रेम शाहीले बताए ।
 

सम्बन्धित समाचार

सीमाको विषयमा सरकार गम्भीर बन्नुपर्छ : नेता बोहरा

तुलसीपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहराले भारतले सीमा मिचेको विषयमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। रिपोर्टर्स क्लब दाङले बिहीबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताए। भारतले

सरकारले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्छ : पूर्वप्रधानमन्त्री खनाल

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपाको सरकारले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्ने बताएका छन्। चाँगुनारायणमा आज चुनावी कार्यक्रममा उहाँले जनताले सीमा

सीमा अतिक्रमणको विरोधमा प्रदर्शन, प्रहरीको हस्तक्षेप

काठमाडौं । सीमा अतिक्रमणको विरोधमा भारतीय राजदूतावास अगाडि प्रदर्शमा उत्रिएका नेपाल विद्यार्थी संघका कार्यकर्तामाथी प्रहरीले हस्तक्षेप गरेको छ। कालो ब्यानर र राष्ट्रिय झण्डासहित विद्यार्थीहरु भारतीय दूतावास लैनचौर अगाडि पुगेका थिए। उनीहरुले

नेपाली भूमिको रक्षा गर्न सक्षम छौँ : पराष्ट्रमन्त्री ज्ञवाली

पाल्पा । पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारको पहिलो प्राथमिकता नेपाली भूमिको रक्षा गर्नु भएको बताएका छन्। उनले नेपाली भूमि र नागरिकको रक्षा गर्न सरकार सक्षम स्पष्ट पारेका छन्। पाल्पाको धुवल पुस्तकालयले आज


z