सभामुख हुन सक्षम छु : उपसभामुख तुम्बाहाम्फे

खरीबोट

राँझा । प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले सभामुख पदको जिम्मेवारी सम्हाल्न आफू योग्य र सक्षम रहेको बताएकी छन् । 

हुम्लामा संविधान कार्यान्वयनसम्बन्धी स्थानीय तहका जनप्रतिनिधिलाई तालीम दिएर काठमाडौँ फर्किने क्रममा शनिबार बाँकेको नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन, “प्रतिनिधिसभाका सबै माननीयको सभामुखमा दाबी गर्ने हैसियत छ । सबै सक्षम हुनुहुन्छ, हाम्रो संसदीय अभ्यासमा उपसभामुखमा कार्यरत व्यक्तिले सभामुख भएर चलाएको इतिहास पनि हामीसँग छ ।” उनले सभामुख भएर काम गर्न र क्षमताको आधारमा अगाडि बढ्न तयार रहेको उल्लेख गरीन । 

संविधानमा सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गको प्रतिनिधित्वको कुरा उल्लेख भएकाले अब सत्तापक्षले सभामुख पद लिने कुरा भयो भने संविधानले जे भनेको छ त्यो कार्यान्वयन गर्न उपसभामुख पद अरू कुनै दललाई छोडिदिनुपर्ने उनको भनाइ थियो । 

“सभामुख सत्ता पक्षले लिन्छ भने त्यतिबेला उपसभामुखले मार्ग प्रशस्त गर्न संवैधानिक व्यवस्थाअनुसार राजीनामा गर्नुपर्ने अवस्था आउँछ । त्यसपछि के गर्ने भन्नेबारे दलहरुसँग छलफल गरेपछि मात्रै निर्णय हुन्छ”, उनले भनिन, “सम्बन्धित दलसँग छलफल भइसकेपछि निष्कर्षमा पुग्न सकिन्छ । दलले जतिबेला मलाई सोध्छ, परामर्श छलफलमै के गर्ने भन्ने टुङ्गो लाग्छ ।”

रिक्त रहेको सभामुख पदलाई पूर्णता दिन प्रधानमन्त्रीसँग छलफल गरिरहेको जानकारी दिँदै उनले मङ्सिरको तेस्रो सातातिर सभामुख पदले पूर्णता पाउने उपसभामुख तुम्बाहाम्फेले बताईन ।
 

सम्बन्धित समाचार

नेपालको संविधानले मानवअधिकारको क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ : सभामुख भण्डारी

विराटनगर । विश्वव्यापी आवधिक समीक्षामा नेपालबाट प्रस्तुत हुने मानव अधिकार क्षेत्रका बुँदामा आवश्यक छलफलका लागि राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज आयोजित कार्यक्रमका वक्ताले विकास मात्रले मानव अधिकार स्थापित हुन नसक्ने

सभामुख हुन सक्षम छु : उपसभामुख तुम्बाहाम्फे

राँझा । प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले सभामुख पदको जिम्मेवारी सम्हाल्न आफू योग्य र सक्षम रहेको बताएकी छन् ।  हुम्लामा संविधान कार्यान्वयनसम्बन्धी स्थानीय तहका जनप्रतिनिधिलाई तालीम दिएर काठमाडौँ फर्किने क्रममा शनिबार बाँकेको

बेलायतमा नयाँ सभामुखको चयन गरिदै 

लन्डन । बेलायती सांसदहरुले सोमबार संसदको तल्लो सदन हाउस अफ कमन्सको सभामुख चयन गर्दैछन् । बर्तमान सभामुख जोन बर्काउले राजिनामा दिएपछि नयाँ सभामुख चयन गर्न लागिएको हो ।  बर्काउले हाउस अफ

पूर्व सभामुख महराको थुनछेक बहस

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी उद्योगमा थुनछेक बहस शुरु भएको छ । जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासमा थुनछेक बयान शुरु भएको उक्त अदालतका सूचना


z